
नुवाकोट । जिल्लामा कोरोना संक्रमण समुदायमा देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले जाारी गरेको निषेधाज्ञ आज रातीदेखि जिल्लामा अधिकांश क्षेत्रमा लागू हुनेछ । निषेधाज्ञ लागू भएपछि सरकारी कार्यालयमा कामहरु ठप्प हुने भए पनि कुनै पनि कर्मचारीलाई जिल्ला नछाड्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
जिल्ला प्रशासनले जिल्लाका सबै कार्यालयहरुलाई पत्र पठाई १० बुँदामा गर्नु पर्ने कामको विवरण उपलब्ध गराएको छ । तोकिएको काम कार्यन्वयन गराई जानकारी दिन समेत निर्देशन दिएको छ ।
पत्रमा कुनै पनि कर्मचारीले जिल्ला छाड्न नपाउने, कार्यालय प्रमुख र सम्पर्क व्यक्ति निरन्तर सेवाग्राहीको सम्पर्कमा रही अत्यावश्यक सेवा उपलब्ध गराउने, वार्षिक कार्ययोजना बनाउने, बेरुजु फछ्र्यौटको प्रक्रिया अघि बढाउने, पछिल्लो पाँच दिनमा काठमाडौंबाट आएका कर्मचारीले स्वास्थ्य कार्यालयमा सम्पर्क गर्ने लगायतका कामहरु तोकिएको छ ।