
रसुवा । पासाङ ल्हामु राजमार्गको स्याफ्रुवेशी खण्डको भार्खु डाँडामा भासिएको सडक आज आइतबारबाट सन्चालन भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएको साउन १९ गते परेको अविरल वर्षाका कारण सडक किनाराबाट पहिरो गई सडक पुर्ण रुपमा बन्द भएको ले २१ गते बाट नै सडक मर्मतको कार्य सुरु भई साउन २५ गते भासिएको सडक पुर्ण रुपमा खुलाइएको हो ।
प्रहरी प्रमुख डिएसपी ईन्द्रप्रसाद सुवेदीका अनुसार रसुवागढी नाका जोड्ने एक मात्र नाकाको सडक भासिए पछि सामान बोकेका कन्टेनर १७ वटा बाटोमा नै रोकिएको थियो ।सडक डिभिजन कार्यालय नुवाकोटको स्काभेटर प्रयोग गरि करिव एक हप्तामा भासिएको सडक खुलाईएको हो । सडकको कुनाको पहरो फुटाई फराकिलो बनाइएको छ ।
स्याफ्रु तर्फबाट सामान बोकेका १७ कन्टेनर बाटो खुलेपछि आफ्नो गन्तव्य तर्फ हिडे भने धुन्चे तर्फबाट २२ वटा खाली कन्टेनर रसुवागढी नाका प्रवेश गरेका छन् ।