शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा कोरोना संक्रमित ५७ पुग्यो

    समिकरण न्युज २०७७, २५ श्रावण आईतवार १७:२७ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । आज आइतबार विदुर नगरपालिकाको क्वारेनटाइनमा रहेका ३ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ५७ पुगेको हो ।
    विदुर नगरपालिकाको क्वारेनटाइनमा बसिरहेका ४६, १८ र २२ वर्षिय पुरुषको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
    संक्रमित मध्ये १३ जना त्रिशूली अस्पताल, एक जना खरानीटार अस्पताल र ६ जना काठमाडौंमा आइसोलेसनमा रहेका छन् । ३७ जना भने निको भएर घर फर्किसकेका छन् ।
    स्वास्थ्य कार्यालय नुवाकोटले जिल्लामा कोरोना संक्रमण समुदायमा फैलिईसकेकोले सजग, सचेत र .सुरक्षित रहन आग्रह गरेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया