बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • आर्थिक स्थिति सुधार गर्न वाख्रा वितरण

    समिकरण न्युज २०७७, २५ श्रावण आईतवार १७:४१ पढ्न लाग्ने समय < 1 मिनेट

    विपन्न परिवारको आर्थिक स्थिति सुधार गर्ने उदेस्यको साथ सामुदायिक विकास केन्द्र नेपालद्धारा बाख्रा वितरण गरिएको छ ।
    जिल्लाको तादी गाउँपालिकाका वडा नम्बर ४ का ११ र किस्पाङ गाउँपालिकाको वडा नम्बर २ र ५ का १६ गरी २७ परिवारलाई वाख्रा वितरण गरिएको हो । कारितास स्पानोला र कारितास नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र नेपाल द्वारा संचालित खानेपानी सरसफाई र स्वच्छता तथा दिगो जीविकोपार्जनमा समुदायको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत रहेर बाख्रा वितरण गरिएको सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष नारायणप्रसाद नेपालले जानकारी दिनुभएको छ । अध्यक्ष नेपालको अनुसार वडास्तरमा गठित समूहको बैठकबाट छनौटमा परेका एकल महिला, दलित, गरिव, दीर्घ रोगी तथा अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको हो ।
    यस्तै किस्पाङ गाउँपालिका वडा नम्बर २ मा रहेका ७ वटा कृषक समूहलाई एकएक वटाको दरले हाते ट्याक्टर समेत वितरण गरिएको छ । ग्रामीण भेगमा आधुनिक प्रविधिबाट खेती गरी लागत भन्दा उत्पादनमा वृद्धि गर्न सहयोग पुराउने उदेस्यको साथ हाते ट्याक्टर वितरण गरिएको अध्यक्ष नेपालले जानकारी दिनुभएको छ ।

    खानेपानी सरसफाई र स्वच्छता तथा दिगो जीविकोपार्जनमा समुदायको क्षमता अभिवृद्धि कार्यक्रम तादीको ४ नम्बर वडा र किस्पाङको वडा नम्बर २ र ५ मा सञ्चालन भइरहेको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया