बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • “प्रदेश सरकारले नुवाकोटको लागि पीसीआर उपकरण खरीद गर्न टेण्डर गरेको छैन” मन्त्री दुलाल

    समिकरण न्युज २०७७, २६ श्रावण सोमबार १३:०१ पढ्न लाग्ने समय 2 मिनेट

    नुवाकोट । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकारले नुवाकोटको लागि पीसीआर उपकरण खरीदको लागि कुनै टेण्डर नगरेको बताउनु भएको छ ।

    समीकरणसँग कुरा गर्दै मन्त्री दुवालले नुवाकोटको लागि भनेर पीसीआर परीक्षणको लागि आवश्यक उपकरण खरीको लागि हालसम्म कुनै टेण्डर नभएको स्पष्ट पार्नु भएको हो । उहाँले प्रदेशले उपकरण खरीद गरेपछि भक्तपुर, धुलिखेल, सिन्धुली, त्रिशूली अस्पतालमा पनि स्थापना गर्ने योजना रहेको जानकारी दिदै मन्त्री दुलालले तत्काल नै त्रिशूली अस्पतालमा पीसीआर ल्याब स्थापना गर्ने भन्ने नभएको बताउनुभयो । ‘यो वर्ष केही पीसीआर परीक्षणको मेसिन खरीद गर्ने योजना छ । प्रदेश जनस्वास्थ्य प्रयोग शालाको लागि पनि उपकरण थप गर्ने योजना छ । कुन कुन जिल्ला अस्पतालहरुमा पनि पीसीआर ल्याब स्थापना गर्ने योजना छ’ मन्त्री दुलालले भन्नुभयो ।

    जनस्वस्थ्य प्रयोगशाला बागमति प्रदेशका निर्देशक नारायणबहादुर कार्कीले प्रदेश प्रयोग शालाको लागि आवश्यक पीसीआर ल्याब मेसिन खरीद गर्नको लागि वैशाखमा टेण्डर गरिएको जानकारी दिनुभयो । ‘प्रदेश प्रयोग शालाको लागि खरीद गर्नको लागि टेण्डर गरिएको हो । कुनै जिल्लामा पठाउनको लागि होइन । ८ वटा मेसिन खरिद गर्ने भनेर गरिएको टेण्डर जसले पा¥यो, उसले लकडाउन लगायतका कारण देखाउँदै ल्याउन नसकेपछि उक्त प्रक्रिया नै रद्ध गरेका छौ’ निर्देशक कार्कीले भन्नुभयो ।

    पहिलेको टेण्डर प्रक्रिया रद्ध भएपछि यसैसाता एक थान मेसिन खरीदको लागि बोलपत्र आव्हान गरेका र उक्त मेसिन प्रदेश प्रयोग शालाकै लागि भएको निर्देशक कार्कीले बताउनुभयो ।
    त्रिशूली अस्पतालको लागि पीसीआर ल्याब स्थापनाको लागि आवश्यक उपकरण खरीदको लागि संघीय सांसद नारायणप्रसाद खतिवडाले आवश्यक रकम स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट विनियोजन गर्ने साउन २२ गते जिल्ला प्रशासन कार्यालयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रतिवद्धता जनाएपछि प्रदेश सभा सदस्य केशव पाण्डेले सामाजिक सञ्जालमार्फत ‘गफै त हो नि सम्धी’ भनेर कटाक्ष प्रहार गर्नु भएको थियो । यस्तै, प्रदेश सभा सदस्य बद्री मैनालीले पनि ‘सस्तो लोकप्रियताको लागि जे पनि नगरौँ’ भनि आफ्नो धारणा सार्वजनिक गर्नु भएको थियो ।

    सांसद खतिवडाले भन्नुभयो ‘पीसीआर मेसिन खरिदको लागि ७६ लाख पर्ने जानकारी आएको छ । के कति लाग्ला विज्ञहरुले तय गर्लान् । आवश्यक बजेट चाहिँ स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट रकम विनियोजन गराउने गरी विदुर नगरपालिकामार्फत खरिद गराउन लागिएको हो ।’

    सांसद खतिवडामार्फत सिफारिस हुने कार्यक्रमबाट बजेट आउने प्रतिबद्धतापछि विदुर नगरपालिकाले पीसीआर मेसिन खरीदको लागि टेण्डर प्रक्रिया अघि बढाएको छ । केही दिनमा मेसिन खरीदको लागि टेण्डर आव्हान गर्ने तयारी भईरहेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताउनुभयो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया