शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • समुदायका दुईमा कोरोना संक्रमण नुवाकोटमा संक्रमित ६३ पुग्यो

    समिकरण न्युज २०७७, २७ श्रावण मंगलवार २०:०७ पढ्न लाग्ने समय < 1 मिनेट
    नुवाकोट । नुवाकोटमा समुदायमा कोरोना संक्रमण बढ्न थालेको छ । आज विदुर नगरपालिकामा समुदायका २ जनामा कोरोनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । 
    विदुर नगरपालिकाका ३१ वर्षिय महिला र २२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ । संक्रमितमध्ये १३ जना त्रिशूली अस्पताल, ४ जना खरानीटार अस्पताल, ४ जना काठमाडौंमा आइसोलेसनमा रहेका छन् । ४२ जना निको भएर फर्किसकेका छन् । 

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया