शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • गजल

    समिकरण न्युज २०७७, २७ श्रावण मंगलवार २१:३६ पढ्न लाग्ने समय < 1 मिनेट

    सम्पतीको लागि यो मारकाट हो सम्झेर बस्नु ।
    सुख या दुःख आफ्नो ललाट हो सम्झेर बस्नु ।

    कि मरेर आँऊला कि सम्पती लिएर आँउला
    आमा१ परदेशिनु एउटा आँट हो सम्झेर बस्नु ।

    चिनो के दिउरु प्रिया यो एउटा रुमाल लैजाउ
    यो एउटा रुमाल पनि जुगाट हो सम्झेर बस्नु ।

    तिर्खाएकाहरुलाई एक घुट्की पानी दियौ भने
    त्यो महायज्ञ भन्दा पनि बिराट हो सम्झेर बस्नु ।

    महलमा बस्नेको पनि झुपडीमा बस्नेको पनि
    अन्तिम गन्तव्य त आर्यघाट हो सम्झेर बस्नु ।

    कविन्द्र घिमिरे
    ककनी २, नुवाकोट

    #साहित्य

    फेसबुक प्रतिक्रिया