
नुवाकोट । पासाङ ल्हामु राजमार्ग अन्र्तगत पर्ने रानीपौवा पिपलटार सडक खण्ड अवरुद्ध भएको छ ।
वर्षातको कारण सोमबार साझ बेलकोट – बाराही खण्डमा पहिरो गएको कारण सडक अवरुद्ध भएको हो । स्थानीयको अनुसार उक्त सडक खण्डमा साना ठूला गरी चार पाँच स्थानमा पहिरो गएको छ । सडक अवरुद्ध भएको लामो समय भइसक्दा पनि पहिरो पन्छाउने प्रयास सम्वन्धित निकायबाट नभएको स्थानीयको गुनासो रहेको छ ।
फोटो-प्रशान्तजंग पाण्डेको सामाजिक सञ्जालबाट साभार