बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • मेरोमाइक्रोफाइनान्सको नाफा १६ करोड

    समिकरण न्युज २०७७, २८ श्रावण बुधबार १४:५२ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नुवाकोटमा कर्पोरेट अफिस रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १६ करोड २२ लाख ६८ हजार रुपैया नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३.४८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले १५ करोड ६८ लाख ८ हजार नाफा कमाएको थियो । यस अवधिमा मेरोको खुद ब्याज आम्दानी ३२.४५ प्रतिशतले बढेर ५० करोड ४७ लाख ५३ अजार रुपैया पुगेको छ । अघिल्लो वर्ष संस्थाले ३८ लाख १० हजार ८६ रुपैया ब्याज आम्दानी गरेको थियो । यता चौथो त्रैमाससम्म सञ्चालन नाफा भने २२.९९ प्रतिशतले घटेर १९ करोड १३ लाख २६ हजार रुपैयामा सीमित भएको छ । अघिल्लो वर्ष यस संस्थाले २४ करोड ८४ लाख ५३ हजार रुपैया सञ्चालन नाफा गरेको थियो । असार मसान्तसम्मा चुक्तपुँजी ८५ करोड ५१ लख ४० हजार रुपैया छ । जगेडा कोषमा ३५ करोड ३३ लाख ५४ हजार रुपैया रहेको छ । प्रति शेयर आम्दानी १८ रुपैया ९८ पैसा छ । प्रतिशेयर नेटवर्थ भने १४१ रुपैया ३२ पैसा रहेको छ । मेरोमाइक्रोफाइनान्स लघुबित्त वित्तीय संसथा लि. नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालयहरु मार्फत १ लाख १५ हजार भन्दा बढी घरपरिवारहरुलाई आर्थिक तथा सामाजिक क्रियाकलापहरुमा सहयोग गर्ने उद्देश्यले लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया