शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • विपदमा परेकालाई क्षतीपूर्ति प्रदान गर्ने

    समिकरण न्युज २०७७, २८ श्रावण बुधबार १५:०३ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । विदुर नगरपालिकाले विपदमा परेका व्यक्ति तथा परिवारलाई क्षतीपूर्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
    बाढी, पहिरो, आगजानी, चट्याङ, हुरीबतास एवं जंगली जनावरको कारणले क्षती भएको लगत संकलन गरी नगर विपद व्यवस्थापन समितिको सिफारिसको आधारमा क्षतीपूर्ति व्यवस्थापन गर्ने निर्णय नगरपालिकाले गरेको हो । नगरपालिकाको निर्णय अनुसार विपदको कारण घर पूर्ण रुपमा क्षती भएमा पिडित परिवारले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
    यस्तै विपदको कारण व्यक्तिको निधन भएमा ५० हजार रुपैयाँ र घाइते भएको खण्डमा सरकारी अस्पतालको बिल भर्पाइको आधारमा २५ हजार रुपैयाँ प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
    गाई÷भैसी सहितको गोठ र २ सय भन्दा वढी कुखुरा सहितको खोरमा क्षती भएमा २५ हजार रुपैयाँ उपलव्ध गराउनेछ । विमा नगरिएको दुहुनो भैसीको क्षती भएको खण्डमा २५ हजार रुपैयाँ, अन्य भैसी क्षती भएको खण्डमा १५ हजार रुपैयाँ सम्म उपलव्ध गराउने निर्णय भएको विदुर नगरपालिकाद्धारा सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।
    उक्त सूचना अनुसार विपदको कारण गाइगोरुको क्षती भएमा १५ हजार रुपैयाँ, वाख्रा, खसी र बोका क्षती भएमा ५ हजार रुपैयाँ, २ सय भन्दा वढी कुखुरा क्षती भएमा प्रति गोटा ५० रुपैयाँ बरावरको क्षतीपूर्ति नगरले उपलव्ध गराउने छ । यस्तै गहुँ, कोदो, मकै धान लगायतको अन्न बालीमा क्षती भएको खण्डमा भने कृषि प्राविधिकको मूल्याङ्कनको आधारमा ५० प्रतिसत क्षती नगरले व्यहोर्ने बताइएको छ ।
    यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि समुदायमा स्वयंसेवक सम्वन्धीत मार्गदर्शन २०७६ अनुसार वडा स्तरमा गठन भएका समूहलाई खर्च व्यवस्थापनको लागि नगरपालिकाले ५० हजार रुपैयाँ उपलव्ध गराउने निर्णय समेत भएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया