शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोट प्रहरी गाँजा नष्ट गर्न सक्रिय

    समिकरण न्युज २०७७, २९ श्रावण बिहीबार १५:३५ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । गाँजालाई कानूनी मान्यता दिएर व्यवसायिक खेती गर्ने बहस चलिरहेको बेलामा नुवाकोट प्रहरी भने गाँजा फडानीमा सक्रिय भईरहेको छ ।

    औषधीय गुण भएको गाँजा जिल्लामा कतै पनि व्यवसायिक रुपमा खेती नभए पनि गाउँघरमा आफैँ उम्रिएका गाँजाको बोटहरु धेरै पाइन्छ । सोही गाँजा नष्ट गर्ने अभियानमा नुवाकोट प्रहरी सक्रिय भएको हो । प्रहरीले बुधबार काशीटार र पिपलटार क्षेत्रका प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोट नष्ट गरेको हो । बेलकोटगढी नगपालिका वडा नं. ८ काशिटार, सोही नपाको वडा नं. ७ ठूलो खोला र विदुर नपा–५ पिपलटार क्षेत्रको त्रिशूली–देविघाट–गल्छी सडक छेउछाउ र व्यक्तिको आँगन तथा करेसामा रहेको गाँजाको बोट नष्ट गरेको हो ।

    करिब ४ रोपनी क्षेत्रफलमा ८ सय भन्दा बढी गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपालका गाँजा अबैध लागू औषध भनिए पनि विभिन्न आयुर्वेद औषधीहरुमा प्रयोग हुने गर्दछ भने गाउँघरतिर पशुचौपाय विरामी हुँदा औषधीको रुपमा खुवाउने गरिन्छ । मानिसहरुले लुकीछिपी प्रयोग गर्ने गर्दछन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया