बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा ३ संक्रमित थपिए, संक्रमित ६७ पुग्यो

    समिकरण न्युज २०७७, २९ श्रावण बिहीबार १६:४२ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नुवाकोटमा समुदायमा संक्रमण फैलिन थालेपछि हरेक दिन संक्रमितको संख्या बढिरहेको छ ।
    आज ३ जना नयाँ संक्रमित भएसँगै नुवाकोटमा संक्रमितको संख्या ६७ पुगेको छ । नयाँ संक्रमितहरुमा विदुर नगरपालिकाका एक जना २१ वर्षिय पुरुष, तादी गाउँपालिकाको २४ वर्षिय एक पुरुष र दुप्चेश्वर गाउँपालिकाको ३५ वर्षिय एक महिलामा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
    हाल त्रिशूली अस्पतालमा १४ जना, खरानीटार अस्पतालमा ५ जना र काठमाडौंमा ५ जना आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये ४२ जना निको भएर घर फर्किसकेका छन् । स्वाव संकलन गरेर पठाइएका मध्ये २ सय २५ जनाको परिणाम आउन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया