शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • जिल्ला प्रशासनद्धारा हटलाइन सेवा र नागरिक सहायता कक्षा सञ्चालन

    समिकरण न्युज २०७७, ३० श्रावण शुक्रबार ०९:०९ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । जिल्ला प्रशासन कार्यालयले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
    कार्यालयले शुक्रबारदेखि २४सै घण्टा सञ्चालन हुने गरी हटलाइन सेवा सञ्चालन गरेको हो । कार्यालयले ०१०–५६०३३३ नम्बरलाई हटलाइन सेवा बनाएको छ । शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपद व्यवस्थापन सम्बन्धी गुनासो सुनुवाईको लागि हटलाइन सेवा सञ्चालन गरिएको जिल्ला पूशासन कार्यालयले जनाएको छ ।
    हटलाइनमा जिल्लाका सरकारी कार्यालय तथा सार्वजनिक संस्थाको सेवा प्रवाह, विकास व्यवस्थापन लगायतको विषयमा उजुरी तथा गुनासो गर्न सकिने छ । उजुरी तथा गुनासो गर्दा तथ्य र प्रमाणहरु सहित गर्नु पर्ने र तथ्य र प्रमाणहरु gunaso.nuwakot@gmail.com मा पठाउन सकिने कार्यालयले जनाएको छ । गुनासोको गम्भीरताको आधार शान्ति सुरक्षा तथा विपद व्यवस्थापन लगायत तत्काल सम्बोधन गर्नु पर्ने गुनासोको तत्कालै र अन्यको सम्बन्धित सार्वजनिक निकायसंगको समन्वयमा सम्बोधन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    यस्तै, जिल्ला प्रशासन कार्यालयले नागरिक सहायता कक्षा पनि सञ्चालन गरेको छ । प्रशासन कार्यालयमा सेवा लिन आउनु हुने सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गराउनको लागि नागरिक सहायता कक्षा सञ्चालन गरिएको हो । कार्यालयको सेवा प्राप्त गर्ने प्रक्रिया, जेष्ठ, असाय, असक्त सेवाग्राहीहरुलाई सहज रुपमा सेवा प्राप्त गर्ने व्यवस्था मिलाउने उद्देश्यले कक्षा स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया