नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६८ पुगेको छ ।
शुक्रवार विदुर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय पुरुषलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ६८ पुगेको हो ।
ती मध्ये ४२ जना अस्पतालमा उपचार पश्चात घर फर्किसकेका छन् । हाल त्रिशुली अस्पतालमा १५, खरानीटार अस्पतालमा ५ र काठमाडौँको अस्पतालमा ६ जना सङ्क्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभएको छ ।