शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नागरिकले खाद्य सामाग्री खरिद गर्न वडा कार्यालयसँग समन्वय गर्नुपर्ने

    समिकरण न्युज २०७७, ३० श्रावण शुक्रबार २०:५८ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित नथपिउन् भन्नको लागि त्यस क्षेत्रको चार किल्लामा आवतजावत समेतमा रोक लगाइएको छ । नगर प्रमुख सञ्जु पण्डितको संयोजकत्वमा बसेको शुक्रवारको बैठकले पूर्वको आँपघारी चौतारा देखि इनारपाटी चन्द्रज्योती सडक, पश्चिमको डिहिगाउँ, वडा कार्यालय, महारानिडिहि, उत्तरको देविघाट जलविद्युत केन्द्र जाने प्राधिकरण घुम्ति र दक्षिणको चण्डिपोखरी क्षेत्रमा हिडडुलदेखि पसल व्यवसायदेखि उद्योगधन्दा सञ्चालनमा समेत रोक लगाइने निर्णय गरेको छ ।
    नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले वडा नम्बर ९ मा निशेधाज्ञा जारी गरिएता पनि निशेधाज्ञाको पालना नभएको जनगुनासो आएको भन्दै थप कडाइ गरिने निर्णय नगरपालिकाले गरेको छ । त्यस क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामाग्री चाहिएमा वडा कार्यालयसँग समन्वय गर्नुपर्ने नगरप्रमुख सञ्जु पण्डितले जानकारी दिनुभएको छ । उहाँको अनुसार स्वास्थ्य मापदण्ड पुरा गरी दैनिक उपभोग्य बस्तु खरिद गर्न नागरिकलाई वडा कार्यालयले व्यवस्थापन गर्नेछ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया