नुवाकोट । जिल्लामा समुदायस्तरका कोरोना संक्रमण हुन थालेपछि स्थानीय प्रशासनले जिल्लाका पालिकाहरुलाई फरक फरक मितिमा निषेधाज्ञ जारी गरेको छ । यसमा सूर्यगढी गाउँपालिका पहिलो चरणको निषेधाज्ञमा नै परेको छ ।सूर्यगढी गाउँपालिकाले पनि साउन २४ गते राती १२ बजेदेखि १० दिनका लागि आफ्नो क्षेत्रका कार्यक्रमहरु, यातायात सञ्चालन गर्न प्रतिबन्ध लगाएको छ ।
स्थानीय प्रशासनले निषेधाज्ञ गरे पनि नेपाली कांग्रेसले भने सूर्यगढीमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकोले कोरोनाको जोखिम बढाएको स्थानीयले गुनासो गरेका छन् । पालिकामा बाहिरका मानिसलाई आउन रोकिएको छ, यातायात सञ्चालन गर्न रोकिएको छ । तर, नेपाली कांग्रेसले भने कार्यकर्ता भेला अभियान सञ्चालन गरिरहेको स्थानीयले बताएका छन् । सूर्यगढी कांग्रेसले हरेक वडामा भेला गर्दै हिडिरहेको छ ।
राजधानी र सदरमुकामबाट नेताहरु बोलाएर कार्यक्रम सञ्चालन समेत गरेको बताइएको छ । कोरोनाको जोखिम बढिरहेको बेलामा पनि भेला गर्दै हिडेर पालिकामा जोखिम बढाउन गाउँपालिका अध्यक्ष सहितका जिम्बेवार पदाधिकारीहरुको भूमिका देखिएकोले स्थानीय प्रशासनले सजग गराउनु पर्ने स्थानीयको भनाई छ ।