शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • कोरोना सङ्क्रमितको सङ्ख्या ७० पुग्यो ।

    समिकरण न्युज २०७७, १ भाद्र सोमबार १७:३७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० पुगेको छ ।
    सोमबार तादी गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषलाई सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ७० पुगेको हो । शुक्रवार सङ्क्रमण पुष्टि भएको व्यक्ति काठमाडौँमा नै रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभएको छ । आइतबार किस्पाङ गाउँपालिका वडा नम्बर १ का ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो ।
    सूचना अधिकारी खनालको अनुसार जिल्लाका सङ्क्रमित मध्ये ५४ जना अस्पतालमा उपचार पश्चात डिस्चार्ज भई घर फर्किसकेका छन् । हाल जिल्ला अस्पताल त्रिशुलीमा ७, खरानीटार अस्पतालमा ४ र काठमाडौँ स्थित अस्पतालमा ५ जना रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया