शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटका ७७ प्रतिशत कोरोना संक्रमित निको भए

    समिकरण न्युज २०७७, २ भाद्र मंगलवार ०९:२९ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि निको हुनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । हालसम्म जिल्लामा संक्रमितहरुमध्ये ७७ प्रतिशत विरामी निको भईसकेकाा छन् । बाँकी रहेको संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
    हालसम्म जिल्लामा ७० जना संक्रमित भएका छन् । संक्रमितमध्ये ५४ जना निको भएर घर गईसकेका छन् । अर्थात ७०.१४ प्रतिशत संक्रमित निको भईसकेका छन् । सोमबार एकै दिन ८ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या ५४ पुगेको हो ।
    हाल अस्पतालको आइसोलेसनमा १५ जना र एक जना होस आइसोलेसनमा रहेका छन् ।
    नुवाकोटमा हालसम्म २ हजार २ सय २२ जनाको स्वाव संकलन गरिएकोमा १ हजार ९ सय ५६ जनाको रिपोर्ट आएको छ भने २ सय ६६ जनाका रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया