बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • राष्ट्रकवि घिमिरेको निधन

    समिकरण न्युज २०७७, २ भाद्र मंगलवार १९:१९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन भएको छ ।
    घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेट जादा निधन भएको परिवार श्रोतले जनाएको छ । उहाँको जन्म विसं १९७६ साल असोज ७ गते लमजुङमा भएको थियो । लैनचौरमा रहेको आफ्नै निवासमा १ सय १ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
    घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, निबन्ध लगायतका विधामा कलम चलाउनुभएको छ । घिमिरेको “गौरी” शोक काव्य सबैभन्दा चर्चित रहेको छ ।
    उहाँको ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ लगायतका कविता सङ्ग्रह प्रकाशित भएका छन् । स्वच्छन्दतावादी धारामा रहेर कलम चलाउनुहुने उहाँले ‘गाउँछ गीत नेपाली’ जस्ता धेरै राष्ट्रिय भावले ओतप्रोत भएका गीत तथा कविताहरू रहेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया