शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा पत्रकारलाई पनि कोरोना संक्रमण

    समिकरण न्युज २०७७, ३ भाद्र बुधबार २०:२५ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नुवाकोटमा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडाबाट वुधबार प्राप्त रिपोर्ट अनुसार विदुर नगरपालिकाभित्रका २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । दुई मध्ये एक जना नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका सचिव एवं रेडियो जालपा १०४ थोप्लो ५ मेगाहर्जका स्टेशन म्यानेजर जगदीश खनाललाई सङ्क्रमण पुष्टि भएको हो । पत्रकार खानालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिदै “आफू आफ्नो परिवार र समुदायको सुरक्षाको लागि म सँग गत १४ दिनदेखि सम्पर्कमा रहनुभएका साथिहरुले पिसिआर परिक्षण गर्नुहोला” भन्ने आग्रह समेत गर्नुभएको छ । पत्रकार खनालको गएको साउन २८ गते पिसिआर परिक्षणको लागि स्वाव सङ्कलन गरिएको थियो ।
    यस्तै बुधबार २ थपिएसँगै जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ७२ पुगेको छ । हाल जिल्ला अस्पताल त्रिशुलीमा ९, खरानीटार अस्पतालमा ४ र काठमाडौ स्थित अस्पतालहरुमा ६ जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभएको छ । उहाँको अनुसार ५३ जना अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया