शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • अनलाइनबाटै नृत्य प्रतियोगिता ।

    समिकरण न्युज २०७७, ४ भाद्र बिहीबार १९:५८ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । हरितालिका तिजको अवसरमा विदुर स्थित पृथ्वी माध्यमिक विद्यालयले अनलाइनबाटै नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
    विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण विद्यालयहरु बन्द रहेको अबस्थामा विद्यार्थीको नृत्य कलालाइ हौसला प्रदान गर्न अनलाइनबाटै भए पनि प्रतियोगिता आयोजना गरिएको हो । विद्यालयमा अध्यनरत छात्राहरुलाई तिजको गितमा नृत्य गरिएको भिडियो सामाजिक सञ्जाल फेसबुक मार्फत उपलब्ध गराउन आग्रह गरिएको थियो । प्रधानाध्यापक बाबुराम लामिछानेको अनुसार सहभागिता जनाउने अन्तिम समय अर्थात बिहिवार साझ सम्म ३५ जना विद्यार्थीले सहभागिता जनाएका छन् । सहभागी मध्येबाट उत्कृष्ट छनोट गरि विद्यालय खुले पश्चात् पुरस्कार प्रदान गरिने प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभएको छ ।
    “लामो समयदेखि विद्यालय बन्द छ । विद्यार्थी उकुसमुकुसको अबस्थामा घरमा नै छन् । विद्यालयमा हुने सम्पुर्ण गतिबिधि ठप्प भएको कारण विद्यार्थिको सिर्जनशीलतालाई उजागर गर्नलाई अनलाइन नृत्य प्रतियोगिता गरेका हौ । सहभागी हुन इच्छुकले घरमा नै बसेर आफ्नो नृत्य मोबाइल मार्फत भिडियो कैद गरि म्यासेन्जर मार्फत उपलव्ध गराएका छन् । हामिले प्राप्त भिडियो विद्यालयको फेसबुकमा समेत राखेका छौ,” प्रधानाध्यापक. लामिछानेले भन्नुभयो, “चाडपर्व विशेषमा अतिरिक्त क्रियाकलाप गर्ने विद्यालयको परम्परा नै छ । सोही अनुसार हामीले यो कार्यक्रम आयोजना गरेका हौँ । घरमा नै रहेर आफ्नो कला साथी माझ पुराउने एउटा अबसर प्रदान गर्नु अर्को मुख्य उदेश्य हो ।”
    प्रतियोगितामा सहभागिता जनाएका विद्यार्थीहरुको नृत्य यहाँबाट पनि हेर्न सकिन्छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया