बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • गाई चोरेर काटेको अभियोगमा चार जना पक्राउ

    समिकरण न्युज २०७७, ६ भाद्र शनिबार ०८:०४ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । गोठमा बाधिराखेको गाई चोरी गरी काटेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।
    तार्केश्वर गाउँपालिका वडा नम्बर ५ शिरानटोल स्थित सन्तबहादुर तामाङको गोठमा बाभिराखिएको गाई विहिवार चोरी गरि काटेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा तार्केश्वर गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीय चन्द्रबहादुर तामाङ, ३० वर्षीय सुन्जितबहादुर तामाङ, ३४ वर्षीय जयबहादुर तामाङ र २८ वर्षीय दलबहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार गोठभन्दा २० मिटर पर गाई काटि राखेको अबस्थामा फेला पारी उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
    उक्त घटनाको थप अनुसन्धान तथा कारबाहीको लागि नुवाकोट जिल्ला अदालतमा “चोरी तथा पशुपंक्षी सम्बन्धी कसुर” मा मुद्वा दर्ता गराइएको छ । शुक्रवार जिल्ला अदालतमा मुद्धा दर्ता गराइएकोमा अनुसन्धानको लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    #अपराध

    फेसबुक प्रतिक्रिया