शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • “साउन महिनाको उत्कृष्ट प्रहरी”मा रेग्मी ।

    समिकरण न्युज २०७७, ६ भाद्र शनिबार १३:४७ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । प्रहरी जवान आकास रेग्मीलाई “साउन महिनाको उत्कृष्ट प्रहरी”को रुपमा घोषणा गरिएको छ ।
    प्रहरी चौकी ककनीमा दरवन्दी भई जिल्ला प्रहरी कार्यालय नुवाकोटको सामुदायिक शाखामा कार्यरत उहाँलाई वागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बसन्तकुमार लामाबाट अबलम्वन गरिए अनुसार रेग्मीले सम्पादन गर्नुभएको कामको आधारमा साउन महिनाको उत्कृष्ट प्रहरीमा छनौटमा पर्नुभएको हो । विपद व्यवस्थापन, समुदाय प्रहरी साझेदारी अवधारणामा रही प्रहरी कार्यालयले महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्ने अभियानलाई सार्थक बनाउन आयोजना गरिएको हरेक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै रेग्मी छनौटमा परेको प्रहरी प्रमुख अविनारायण काफ्लेद्धारा हस्ताक्षरित प्रमाणपत्रमा उल्लेख गरिएको छ ।
    प्राकृतिक विपदमा परी घाइते भएका, वाढी पहिरो, आगलागी जस्ता घटनाहरुको त्रुटीरहित ढङ्गबाट अद्यावधिक राख्ने कार्यदेखि कोभिड १९को कारण विभिन्न देशबाट जिल्ला आएका, आरडिटि÷ पिसिआर रिपोर्ट पोजेटिभ आएका, क्वारेन्टाइन÷आइशुलेशनमा रहेका व्यक्तिहरुको विवरण अद्यावधिक गर्ने कार्यको जिम्मेवारी रेग्मीलाई प्रदान गरिएको थियो । जिम्मेवारीको अभिाभारा निभाउदै जिल्ला प्रहरी कार्यालयको आधिकारि फेसबुक पेजको सहयाक सञ्चालक रही कार्यलयबाट सम्पन्न भएका गतिविधिहरुको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुको साथसाथै जिल्लामा रहेका सम्पूर्ण सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई मेल मार्फत जानकारी गराउने कार्यमा साउन महिनाभर उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । सोही अनुसार रेग्मीबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै कामलाई निरन्तरता दिन हौसला प्रदान गर्न र अन्य कर्मचारीलाई समेत प्रोत्साहन गर्न उहाँलाई साउन महिनाको उत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको प्रमाणपत्रमा उल्लेख गरिएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया