
विदुर । नुवाकोटमा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
शनिवार लिखु गाउँपालिका अन्तर्गत रहेका २४ वर्षीय र ४७ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई जिल्ला अस्पताल त्रिशुलीमा रहेको आइशुलेसनमा राखिएको छ । यी दुई सँगै जिल्लामा कोरोनना भाइरस सङ्क्रमितको सङ्ख्या ७६ पुगेको छ । हाल जिल्ला अस्पताल त्रिशुलीमा ६, खरानीटार अस्पतालमा १ र काठमाडौमा ७ सङ्क्रमित रहेका छन् ।
जिल्लाका सङ्क्रमित मध्ये ६२ जना अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभएको छ ।