नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले मासिक बुलेटिनको पहिलो अंक प्रकासित गरेको छ ।
नेपालको संविधानको धारा २७ मा उल्लेखित सूचनाको हकलाई कार्यान्वयनमा ल्याई प्रशासन कार्यालयबाट सम्पादन भएका कार्यहरुको सार्वजनिक गर्न, सार्वजनिक निकायसँग सम्वन्धित सूचनामा आमनागरिकको पहुचलाई सरल र सहज बनाउने उदेस्य सहित साउन महिनाको बुलेटिन प्रकासित गरिएको हो । विसं २०७७ साल श्रावण १ गते देखि २०७८ आषाढ मसान्तसम्म सम्पादन गरिने प्रमुख क्रियाकलापहरु समावेश गरी जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना २०७७ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको हो । उक्त कार्ययोजना अनुसार सूचना प्राप्तिको लागि कार्यालयसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गरी कार्यालयको वेभसाइडबाटै सूचना उपलव्ध गराउने र कार्यालयको समग्र गतिविधिलाई पारदर्शी रुपमा उत्तरदायी तथा जनमुखी प्रशासनको स्थापन गर्न मासिक वुलेटिनले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
वार्षिक कार्ययोजनामा के काम गर्ने, कहिलेसम्म गर्ने, कसले गर्ने, त्यसबाट के हासिल गर्ने भन्ने विषयहरु उल्लेख गरिएको छ । योजनामार्फत कार्यालयले अनिवार्य रुपमा सम्पादन गर्नै पर्ने र केही रचनात्मक र सिर्जनात्मक कार्यहरु समेत समावेश गरी कामलाई व्यवस्थित र योजनाबद्ध रुपमा अगाडी बढाउने प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले कोरोना भाइरस संक्रमणको हालको प्रतिकूल परिस्थितिमा प्रतिकूलता भित्र अनुकूलता सिर्जना गर्न महिनाभरि कार्यालयबाट सम्पान भएका कार्यहरु समेटेर मासिक वुलेटिन तयार पारिएको समेत बताउनुभएको छ ।
वुलेटिनभित्र जिल्ला प्रशासन कार्यालयबाट भएको केही नवीन कार्यहरुको हाइलाइट्स, नुवाकोटको समान्य परिचय, जिल्ला प्रशासन कार्यालयको नागरिक वडापत्र, आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्ययोजना, जिल्लामा रहेका कार्यालका प्रमुख र सूचना अधिकारीको विवरण, जिल्ला स्थित स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको विवरण उल्लेख गरिएको छ ।
यस्तै जिल्ला स्थित सुरक्षा निकायको विवरण, जिल्ला प्रशासनबाट १ महिनामा भएका कामकारवाही र सम्पन्न भएका कामकारवाही, कोरोना भाइरस रोकथाम तथा नियनत्रण, विभिन्न शाखा र फाँटबाट भएका नियमित कार्यको विवरण तथा फोटोहरु बुलेटिनमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्रकासन गरेको साउन महिनाको बुलेटिन (अंक एक)
जिल्ला प्रशासन सुधार योजना अनुरुप भाद्र महिनामा सम्पादन गर्ने भनी उल्लेख भएका कार्यहरु अगाडी बढिरहेका बढिसकेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।