शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • सङ्क्रमण रहित वातावरण सिर्जना गर्न सबै नागरिक सक्षम छन् – संघीय सांसद खतिवडा

    समिकरण न्युज २०७७, ७ भाद्र आईतवार १६:०८ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । संघीय सांसद नारायणप्रसाद खतिवडाले कोरोना भाइरसले निम्ताएको जोखिमपूर्ण अवस्थालाई सङ्क्रमण रहित वातावरण सिर्जना गर्न सबै नागरिक सक्षम रहेको बताउनुभएको छ ।
    विज्ञ, स्थानीय प्रशासन, स्थानीय सरकार लगायतको सल्लाह, सुझाव, अनुरोध र आदेशलाई अपनाउदै व्यक्ति आफै संयमित भएको खण्डमा कोरोना भाइरस जस्तो महामारीलाई सजिलै जित्न सकिने सांसद खतिवडाले बताउनुभएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र तथा स्थानीय सरकारको बैठकले बर्तमान परिस्थितिलाई मनन गर्दै निर्णय गरे अनुसार बन्दाबन्दीको पालना गर्दै स्वास्थ्य सम्वन्धी सल्लाहलाई अनुसरण गर्न सबै नागरिकलाई उहाँले अपिल समेत गर्नुभएको छ ।
    तत्कालको चुनौती भनेकै बाच्नु रहेको भन्दै सांसद खतिवडाले विकासात्मक देखि अन्य उन्नतीको कार्य जीवन रहे सम्भव रहेको समेत बताउनुभएको छ ।

    जिल्लावासीको लागि संवोधन गर्दै सार्वजनिक गरिएको अपिल पत्रमा संघीय सांसद खतिवडाले व्यक्तिव्यक्ति बिचको दुरी कायम गर्न र अनिवार्य रुपमा माक्सको प्रयोग गर्न सबै नागरिकलाई आग्रह गर्नुभएको छ । सङ्क्रमितका परिवार र छिमेकीलाई न्यूनतम दुरी कायम गरी आवस्यक सहयोग तथा हौसला प्रदान गर्नु मानवीय धर्म रहेको उहाँले बताउनुभएको छ ।
    साथै बाहिरी जिल्लाबाट भित्रिएका नागरिकहरुलाई स्वास्थ्य मापदण्ड अनुसार सुरक्षित साथ छुट्टै बसिदिन समेत आग्रह गर्नुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया