शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • पहिरोको उच्च जोखिममा नेगी

    समिकरण न्युज २०७७, ८ भाद्र सोमबार १५:१३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ नेगीमा रहेको २८ घरपरिवार पहिरोको उच्च जाखिममा रहेको छ ।
    विसं २०७२ साल वैशाख १२ गते गएको विनासकारी भूकम्पको कारण बस्ती माथी रहेको ठूलो चट्टान डगमगिएको थियो । भूकम्पको कारण डगमगिएको चट्टान वर्षातको कारण थप डगमगिन थाले पछि त्यहाँ जोखिम बढेको हो । उक्त स्थानमा रहेको समस्याको बास्तविकता पहिचान गरी समधान गर्न आइतवार जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल सहितको टोलीले अनुगमन समेत गरेको छ ।
    चट्टानले पहिरोको रुप लिन सक्ने सम्भावना अत्याधिक रहेकोले हुन सक्ने धनजनको क्षतीको जोखिमको न्यूनिकरण गर्नलाई पहल गरिने दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभएको छ । “नेगीका नागरिकहरु विशेष गरी रातको समयमा आफ्नो ज्यान जोगाउन छिमेकी कहाँ गएर बस्न बाध्य छन् । एउटा मात्र होइन चार पाँच वटा ठूला ढङ्गाहरु तत्काल खस्ने सम्भावना प्रवल छ । त्यो ढुङ्गाहरु खस्यो भने तादी खोला थुनिन्छ । जस्ले गर्दा धनजनमा ठूलो क्षती पुराउँछ,” अध्यक्ष तामाङले भन्नुभयो,“उक्त वस्तीलाई कसरी सुरक्षित बनाउने भन्नेमा हामी सम्वन्धित निकायसँग समन्वय गरिरहेका छौँ ।”

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया