शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • ६ स्थानीय तहको २० वडामा निशेधाज्ञा कायम

    समिकरण न्युज २०७७, ९ भाद्र मंगलवार २२:१२ पढ्न लाग्ने समय 4 मिनेट

    नुवाकोट । जिल्लाको ६ वटा स्थानीय तहको २० वडामा निशेधाज्ञा कायमै राखिने निर्णय भएको छ ।
    जिल्ला संकट वयवस्थापन केन्द्रको मंगलवार बसेको बैठकले एक साता सम्मको लागि २०
    वडामा निशेधाज्ञा कायमै राख्ने निर्णय भएको हो । मंगलवार मध्यरातदेखि लागु हुने गरी लिखु गाउँपालिकाको वडा नम्बर ४, ५ र ६, तादी गाउँपालिकाको वडा नं ३ र ५, बेलकोटगढी नगरपालिकाकाको वडा नम्बर ५, ७, ८, १२ र १३ शिवपुरी गाउँपालिकाको वडा नं ६, ७ र ८, ककनी गाउपासलकाको पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ र तारकेश्वर गाउँपालिकाको वडा नं २, ४ र ५ का सम्पूर्ण क्षेत्रमा निशेधाज्ञा कायमै रहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभएको छ ।

    निषेधाज्ञा जारी भएका क्षेत्रमा के गर्न पाइन्छ, के गर्न पाइदैन ।

    क) औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन ।
    ख) एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना तथा कुखुरा बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त सवारी साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न ।
    ग) अत्यावश्यक उपभोग्य वस्तु बिक्रि गर्ने खाद्यान्न पसल,माछा मासु तथा दुधजन्य वस्तु बिक्रि गर्ने पसल, पेट्रोलपम्प, ग्याँस डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न (तर खाद्यान्न पसल बिहान ६ः०० बजेदेखि १०ः०० बजेसम्म मात्र खोल्न पाइने) ।
    घ) धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, व्रतवन्ध) लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्चालन गर्न ।
    ङ) अत्यावश्यक सेवाका कार्यालय बाहेक सबै सरकारी निजी तथा गैरसरकारी क्षैत्रका कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान हुँदै आएका नियमित सेवा सञ्चालन गर्न ।

    निषेधाज्ञा जारी गरिएको क्षेत्र बाहेक जिल्लाको अन्य भूभागमा मंगलवार मध्यरात देखि के गर्न र गाराउन पाइन्छ त ?

    १. जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यात्रु बाहक सार्वजनिक यातायात र निजी सवारी साधनहरु सञ्चालनमा रोक लगाउने ।
    २. मानिसहरुको बढी भीडभाड तथा जमघट हुन नदिई अत्यावश्यक सेवाहरुको सञ्चालन हुने व्यवस्था मिलाउनका लागि देहायबमोजिम समय तालिका निर्धारण गरी लागू गर्ने ः
    (क) खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा माछा मासुका पसलहरु बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म र साँझ ४ः०० बजेदेखि ७ः०० बजेसम्म मात्र सञ्चालन गर्ने ।पसलबाट वस्तुहरु विक्रिवितरण गर्दा पर्याप्त दुरी कायम गरी चिन्हान्कन गरी सोही स्थानमा मात्र ग्राहक वस्ने व्यवस्था मिलाउनुपर्नेछ ।
    (ख) निर्माण सामग्रीका पसलहरु तथा थोक बिक्रेताहरुले सम्बन्धित आयोजनारनिर्माण व्यवसायी तथा खुद्रा पसल व्यवसायीहरुको सम्पर्कमा मात्रै पसल खुला गरी सामग्री लोडरअनलोड पश्चात बन्द गर्ने ।
    (ग) औषधी पसल, स्वास्थ्य संस्था तथा एम्बुलेन्स सेवाहरु २४ सै घण्टा सञ्चालन गर्ने ।
    (घ) कपडा तथा फेन्सी पसलहरु बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन गर्ने ।
    (ङ) खाद्य वस्तु बिक्रि गर्ने पसल, निर्माण सामग्रीका पसल, कपडा तथा फेन्सी पसलहरु बाहेक अन्य पसल व्यवसाय सञ्चालन नगर्ने ।
    (च) बैंक तथा वित्तीय संस्थाहरु र सहकारीहरु बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म मात्र सीमित संख्यामा कर्मचारी परिचालन गरी सञ्चालन गर्नेरगराउने र ती संस्थाहरुमा काम गर्ने कर्मचारीहरुलाई बिहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म र दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म आवतजावत गर्न सहजीकरण गर्ने ।
    (छ) खाद्यान्न, कृषि तथा पशुपन्छीजन्य तथा निर्माणका सामग्री ढुवानीका साधनहरु बिहान ६ः०० बजेदेखि साँझ ८ः०० बजेसम्म मात्र सञ्चालन गर्ने ।
    (ज) राति ८ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म एम्बुलेन्स र शव बाहन बाहेक कुनै प्रकारका सवारी साधन सञ्चालन नगर्ने ।
    ३. उद्योग कलकारखाना तथा विकास निर्माणका कार्यहरु स्थानीयस्तरमा उपलब्ध सीमित संख्यामा कामदार परिचालन गरी सञ्चालन गर्ने, कामदारलाई खाने बस्ने छुट्टै व्यवस्था गर्ने, न्यूनतम भौतिक दुरी कायम गराउने, अनिवार्य रुपमा मास्क लगाउने, नियमित रुपमा हात धुने वा स्यानिटाइजरको व्यवस्था गर्ने, बाहिरका व्यक्तिहरुसँग सम्पर्क हुन नदिने तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी स्वास्थ्य मापदण्ड, गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारी उद्योग वाणिज्य तथा आपूर्तिसम्बन्धी सेवा सञ्चालन सम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गर्नेरगराउने ।
    ४. क्वारेन्टीन तोकिएका होटल तथा लज बाहेक सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्टहरु सञ्चालनमा रोक लगाउने ।
    ५. जिल्लाभित्र रहेका मन्दिर, गुम्बा, चैत्य, बिहार, मस्जिद, चर्च आदिमा सामुहिक भेला हुन नदिने, सामूहिक रुपमा आश्रय लिइ बस्न नदिने तथा सामूहिक भेला हुने खालका कुनै किसिमका मेला, जात्रा, पर्व,समारोह हुन नदिने।कुनै प्रकारका भेला, सम्मेलन तथा जमघटका कार्यक्रम नगर्ने र नगराउने ।
    ६. रङ्गशाला, खेलकुदस्थल, फुटसल, शारीरिक सुगठन गर्ने स्थल तथा जिमखाना, फिटनेस सेन्टर, सैलुन तथा ब्युटिपार्लरहरु सञ्चालन नगर्ने ।
    ७. विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टरहरु सञ्चालन नगर्ने र विद्यार्थीहरुलाई वैकल्पिक सिकाई विधिको अवलम्बन गर्ने ।
    ८. निषेधित क्षेत्र बाहेक जिल्लाका अन्य क्षेत्र भित्रका सबै सरकारी, निजी तथा गैर सरकारी क्षेत्रले प्रदान गर्ने सेवामध्ये जनसम्पर्क हुने नियमित सेवा सञ्चालन नगर्ने तर सम्पर्क व्यक्ति तोकी सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका सामान्य मापदण्डअनुरुप अति आवश्यक सेवा मात्र प्रदान गर्ने र तोकिएका स्वास्थ्य स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्नेरगराउने ।
    ९. अत्यावश्यक कार्य वाहेक घर बाहिर ननिस्कने तथा अनावश्यक हिँडडुल नगर्ने र घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, न्यूनतम भौतिक दूरी कायम गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्ने ।
    १०. जिल्लाका सबै नाकाहरुबाट एम्बुलेन्स, शव बाहन, अत्यावश्यक खाद्य वस्तु ढुवानी गर्ने साधन, पेट्रोलियम पदार्थ बोक्ने गाडी, पशुपंक्षीका दाना, कुखुराका चल्ला बोक्ने ह्याचरीका गाडी र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) प्रवेश गर्न नदिने तथा पैदल आवातजावतमा समेत पूर्णरुपमा रोक लगाउने ।

    यस्तै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी स्वास्थ्य मापदण्ड, गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारी उद्योग वाणिज्य तथा आपूर्तिसम्बन्धी सेवा सञ्चालन सम्बन्धी मापदण्ड तथा नेपाल सरकारका निर्णयहरुको कार्यान्वयन अवस्थाको नियमित अनुगमन गरी प्रतिवेदन तयार गर्न ४ टोली परिचालन गरिने भएको छ ।

    अनुगमन टोलीको पदाधिकारी र क्षेत्र
    अनुगमन टोली “क”
    क्षेत्रः विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिका
    सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय – संयोजक
    प्रहरी नायव उपरीक्षक जिल्ला प्रहरी कार्यालय (सदस्य)
    सशस्त्र प्रहरी निरीक्षक सशस्त्र प्रहरी बल नेपाल १९ नं गुल्म (सदस्य)
    अधिकृत प्रतिनिधि स्वास्थ्य कार्यालय (सदस्य)
    सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजक (सदस्य)

    अनुगमन टोली “ख”
    क्षेत्रः किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका र सूर्यगढी गाउँपालिका
    प्रशासकीय अधिकृत जिल्ला प्रशासन कार्यालय – संयोजक
    प्रहरी निरीक्षक जिल्ला प्रहरी कार्यालय (सदस्य)
    सशस्त्र प्रहरी नायब निरीक्षक सशस्त्र प्रहरी बल नेपाल १९ नं गुल्म (सदस्य)
    सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजक (सदस्य)

    अनुगमन टोली “ग”
    क्षेत्रः लिखु गाउँपालिका, शिवपुरी गाउँपालिका र ककनी गाउँपालिका
    प्रशासकीय अधिकृत जिल्ला प्रशासन कार्यालय – संयोजक
    प्रहरी निरीक्षक जिल्ला प्रहरी कार्यालय (सदस्य)
    सशस्त्र प्रहरी नायब निरीक्षक सशस्त्र प्रहरी बल नेपाल १९ नं गुल्म (सदस्य)
    सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजक (सदस्य)

    अनुगमन टोली “घ”
    क्षेत्रः तादी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र पञ्चकन्या गाउँपालिका
    शाखा अधिकृत ईलाका प्रशासन कार्यालय सातविसे –संयोजक
    प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय खरानीटार (सदस्य)
    सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजक (सदस्य)

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया