बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • “अस्थायी प्रहरी पोष्ट सिमुटार” नयाँ भवनमा स्थानान्तरण

    समिकरण न्युज २०७७, ९ भाद्र मंगलवार २२:४० पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ मा अवस्थित अस्थायी प्रहरी पोष्ट सिमुटारले नयाँ भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।
    विसं २०७२ साल असोज २८ गते देखि जस्ताबाट निर्माण गरिएको टहराबाट सेवा प्रवाह गर्दै आएको अस्थायी प्रहरी पोष्ट सिमुटारले मंगलवारदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको हो । अस्थायी प्रहरी पोष्टको लागि भवन निर्माण गर्न विदुर नगरपालिकाले १ कठ्ठा क्षेत्रफल बराबरको सार्वजनिक जग्गा उपलब्ध गराएको थियो । उक्त जग्गामा ३ कोठे कार्यालय तथा व्यारेक भवन निर्माण गर्न विदुर नगरपालिकाले १२ लाख ४८ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
    गएको वैशाख १६ गतेदेखि निर्माण कार्य सुरु गरिएको भवन ब्लक र सिमेन्टबाट निर्माण गरि जस्ताले छाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले बताउनुभएको छ । यस अघि रहेको टहरो निकै जिर्ण भई बस्न नमिल्ने अबस्थामा पुगेकोले सेवा प्रवाहमा समेत समस्या पर्दै आइरहेको थियो । प्रहरी पोष्ट नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त स्थान र आसपासको क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सहज हुने विश्वास लिइएको प्रहरी प्रमुख काफ्लेले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया