शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • एकहत्तर वर्षीय नागरिकमा कोरोना सङ्क्रमण पुष्टि

    समिकरण न्युज २०७७, ९ भाद्र मंगलवार २३:२७ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । विदुर नगरपालिकाकी एक जेष्ठ नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    मंगलवार प्राप्त रिपोर्ट अनुसार ७१ वर्षीय उहाँलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित उहाँ काठमाडौँ उपत्यकामा रहनुभएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हालसम्म जिल्लामा सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ । ती मध्ये १२ जना मात्र अस्पतालको आइशुलेसनमा रहेका छन् । हाल जिल्ला अस्पताल त्रिशुलीमा ३, खरानीटार अस्पतालमा १ र काठमाडौँ स्थित अस्पतालमा ८ जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभएको छ । उहाँको अनुसार ६६ जना सङ्क्रमित अस्पतालमा उपचार गराई कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किसकेका छन् ।
    हालसम्म २ हजार ८ सय ४९ जनाको पिसिआर परिक्षणको लागि स्वाब सङ्कलन गरिएकोमा २ हजार ६ सय ५ को नतिजा प्राप्त भइसकेको छ । पिसिआर परिक्षणको लागि स्वाव पठाइएको मध्ये २ सय ४४ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी खनालले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया