बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • चितवनबाट भागेका संक्रमित त्रिशूली अस्पतालको आइसोलेसनमा

    समिकरण न्युज २०७७, १० भाद्र बुधबार १९:०० पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । भरतपुर सरकारी अस्पतालको आइसोलेसनबाट फरार भएर साइकलमा नुवाकोट आएको एक संक्रमितलाई पक्राउ गरी त्रिशूली जिल्ला अस्पतालको आइसोलेसन कक्षामा राखिएको छ ।
    नुवाकोटको बेलकोटगढी नपा ५ स्थायी घर भई चितवनको भरतपुर महानगरपालिकाको फोहोर संकलन गर्ने गाडीका काम गर्दै आएको जोयल भन्ने १९ वर्षिय सुनिल परियारलाई बुधबार बेलकोटगढी नपा ६ सुकौरा खोलाको किनारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
    परियार भरतपुर सरकारी अस्पतालको आइसोलेसन कक्षाबाट मंगलबार विहान ६ बजे फरार भएका थिए । प्रहरीले सोधपुछ गर्नेक्रममा भरतपुरबाट फरार भएका संक्रमित भएको थाहा भएपछि प्रहरीले स्वास्थ्य मापदण्ड पुरा गरी पक्राउ गरेर त्रिशूली अस्पतालको आइसोलेसनमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    भदौ ६ गते कोभिड–१९ संक्रमित भएको पुष्टि भएका परियारलाई भरतपुर सरकारी अस्पतालको आइसोलेसन कक्षामा राखिएको थियो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया