बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • श्रीमतीको ज्यान मार्न प्रयास गर्ने नेपाल, प्रहरी खोरमा

    समिकरण न्युज २०७७, १० भाद्र बुधबार १९:४३ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । श्रीमतीलाई पटक पकट कुटपिट गर्दै प्रहरीको महिला सेलमा आउदै मिलापत्र गर्दै फर्किने गरेका बेलकोटगढी नपा ७ महादेवफाँटका ३७ वर्षिय परशुराम नेपाल विरुद्ध यस पटक भने ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएपछि प्रहरी खोरमा जाकिएका छन् ।

    श्रीमती सुमी घिमिरेको हत्या प्रयास गरेको आरोपमा सोमबार पक्राउ परेका नेपाल विरुद्ध हिजो ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको हो । आरोपित नेपालले सोमबार राती सुतिरहेको बेलामा श्रीमतीलाई लात्ती मुड्की र फलामको साबेलमा शरीरको विभिन्न अंगमा पटक पटक प्रहारी गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पीडित घिमिरेका दाजुले आरोपित विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि प्रहरीले कारवाहीको प्रक्रिया अघि बढाएको हो । जिल्ला अदालतले आरोपित नेपाललाई ५ दिनको थुनामा राखेर अनुषन्धान गर्न अनुमति दिएको छ । घाइते घिमिरेलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ ।
    विगतमा पटक पटक कुटपिट गर्ने गरेको पीडितको विगतमा कुटपिटको उजुरी परेपछि प्रहरीले मिलापत्र गरी पठाएको थियो । कानूनले घरेलु हिंसाका घटनाका अपराध माने पनि प्रहरी कार्यालयको महिला सेलमा आउने यस्ता उजुरीहरुमा ‘व्यवहारिकता’को नाममा लगभग सबैजसो उजुरीमा मिलापत्र हुँदै आएको छ । तर, प्रहरी कार्यालयमा आएर ‘आगामी दिनमा कुनै कुटपिट गर्ने छैन’ भनी मिलापत्र गर्ने तर, घर गएपछि पुरानै हर्कत दोहो¥याउने गरेको घटनाको पछिल्लो उदाहरण आरोपित नेपाल बनेका छन् ।

    #अपराध

    फेसबुक प्रतिक्रिया