बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • एम्वुलेन्स चालकलाई सामुहिक सुरक्षित वासस्थानमा राखिने

    समिकरण न्युज २०७७, १० भाद्र बुधबार २१:१४ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । विदुर नगरभित्र सञ्चालित एम्वुलेन्सका चालाकहरुको व्यक्तिगत सुरक्षालाई मध्यनजर गर्दै चालकलाई च्वाडी पब्लिक माध्यामिक विद्यालयमा रहेको सामुहिक सुरक्षित वासस्थानमा राखिने भएको छ ।
    जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भइ विदुर नगरपालिकाको विभिन्न वडामा ठेगाना भएका सस्थाद्धारा सञ्चालित एम्वुलेन्सहरुको व्यवस्थापनको लागि र चालकहरुको स्वास्थ्यलाई प्राथमिकता दिएर चालकलाई सामुहिक सुरक्षित वासस्थानमा राखिने निर्णय नगरपालिकाले गरेको हो । विदुर नगपालिकाका मेयर सञ्जु पण्डितको संयोजकत्वमा मंगलवार बसेको बैठकले एम्वुलेन्स चालकको आवास, एम्वुलेन्स पार्किङको व्यवस्थापन नगरपालिकाबाट गरिने निर्णय समेत भएको छ । चालकलाई खानाको व्यवस्था भने एम्बुलेन्स सञ्चालनक सस्थाले गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।
    यस्तै क्याविन नभएका एम्वुलेन्सहरु नगरपालिकाभित्र सञ्चालन गर्न र चालक तर्फको क्याविनमा चालक बाहेक अन्य व्यक्तिलाई राख्न रोक लागउने समेत बैठकले निर्णय गरेको छ । स्वास्थ्य सस्थाबाट रिफर भएका विरामी र काठमाडौँबाट डिस्चार्ज भई नगरभित्र आएका विरामी तथा विरामी कुरुवाको व्यक्तिगत विवरण र सम्पर्क नम्बर अनिवार्य रुपमा लिनुपर्ने छ । साथै स्वास्थ्य सम्वन्धी जुनसुकै प्रयोजन र मर्मत सम्भारको लागि आउजाउ गर्न परेमा अनिवार्य रुपमा नगरपालिकाको स्वास्थ्य शाखाका कोभिड फोकल पर्सनलाई जानकारी गराउनुपर्ने हुन्छ ।
    यस्तै एउटा एम्वुलेन्समा १ जना चालक, एक जना विरामी र बढीमा ३ जना बिरामी कुरुवा भन्दा वढी राख्न नपाइने निर्णय बैठकले गरेको छ । एम्वुलेन्सभित्र रहेका चालक र विरामी कुरुवा स्पष्ट रुपमा देखिने शिसा राख्नु पर्ने र सिसामा कालो स्टिकर राखिएको भए हटाउन समेत बैठकले आग्रह गरेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया