नुवाकोट । चट्याङ लागेर किस्पाङ गाउँपालिका वडा नम्बर २ फिकुरीमा १ हल गोरु मरेको छ ।
बुधबार दिउसो चट्याङ लागेर स्थानीय इन्द्रबहादुर ढुङ्गेलको हल गोरु मरेको हो । वर्षासँगै परेको चट्याङ छाप्रोमा बाधिराखेको हल गोरुलाई लागेको नेपाल रेडक्रस सोसाइटी काउले उपशाखाका सदस्य रविन्द्र न्यौपानेले बताउनुभएको छ । दश दिन अगाडी पनि बुधबारको घटना स्थल भन्दा १ किलोमिटरको दुरीमा चट्याङ लागेरै १ हल गोरु मरेको थियो । त्यस बेला इन्द्रप्रसाद भट्टको हल गोरु मरेको न्यौपानेले बताउनुभएको छ ।
वर्षातको समयमा बाढी, पहिरो, चट्याङ लगायतका विपदका घटनाहरु हुने गरेको छ । वर्षेनी यस्ता विपदका घटनाहरु खेप्न नागरिक बाध्य हुनुपरेको अवस्था छ ।