बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • शिवपुरीमा एकै पटक ७ जनामा कोरोना सङ्क्रमण पुष्टि।

    समिकरण न्युज २०७७, ११ भाद्र बिहीबार १६:३७ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । शिवपुरी गाउँपालिकामा एकै पटक ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    सङ्क्रमित ७ मध्ये गाउँपालिकामा कार्यरत १ कर्मचारी र सिक्रे स्वास्थ्य चौकीमा कार्यरत १ स्वास्थ्य कर्मी समेत रहेका छन् । अन्य सङ्क्रमितहरुमा सर्वसाधारण नागरिकहरु रहेका छन् । यहि भदौँ ८ गते ६७ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाइएकोमा ७ जनाको नतिजा पोजेटिभ आएको शिवपुरी गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख हेमबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । “गाउँपालिकाले यस अघि ५४ जनाको पिसिआर परिक्षण गराएको थियो । त्यसको नतिजा सबै नेगेटिभ नै आयो । गाउँपालिकामा सङ्क्रमित नदेखिए पनि फेरी दुई चरणमा गरी १ सय जनाको पिसिआर परिक्षण गर्ने गाउँपालिकाको निर्णय अनुसार पहिलो चरणमा ६७ जनाको र दोश्रो चरणमा ३३ जनाको पिसिआर परिक्षणको लागि पठाएका थियौँ । पहिलो चरणको नतिजा आयो, दोश्रो चरणमा स्वाव लिएका ३३ जनाको नतिजा आउन बाँकी छ,” स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भन्नुभयो, “कोरोना भाइरस मुक्त गाउँपालिका भन्नेमा हामी ढुक्क थियौँ तर पनि जहाँ बढि नागरिकको जमघट हुन्छ त्यस्ता सङ्कास्पद स्थल र व्यक्तिलाई ध्यान दिएर पिसिआर परिक्षण गरौँ भनेर स्वाव सङ्कलन गरि पठाएका थियौँ ।”
    विहिवार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुलाई जिल्ला अस्पताल त्रिशुलीमा रहेको आइशुलेसन सम्म ल्याउनको लागि तयारी भइरहेको स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभएको छ ।
    यस्तै शिवपुरी गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निशेधाज्ञा जारी गरिएको छ । खाद्यान्न पसलहरु विहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाइने भन्दै अनावस्यक काम बाहेक बाहिर ननिस्कन समेत गाउँपालिकाले आग्रह गरेको छ । कुनै नागरिकलाई स्वास्थ्य समस्या देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ । निशेधाज्ञा पालन नगर्ने जोकोहीलाई कानुन अनुसार कारवाही गरिने समेत गाउँपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया