शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटमै हाडजोर्नीको शल्यक्रिया सेवा

    समिकरण न्युज २०७७, ११ भाद्र बिहीबार १८:३४ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । सामान्य शल्याक्रिया गर्न समेत जिल्लामा सुविधा नभएर काठमाडौं धाउनु पर्ने अवस्थामा नुवाकोटमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सञ्चालनमा आएको छ ।
    विदुरको ढुंगेहाइटमा रहेको स्टार नुवाकोट अस्पताल प्रालिले जटिल प्रकारका हाडजोर्नीका समस्याहरुको समेत शल्याक्रिया गराउन थालेको हो । अस्पतालले जिल्लामै पहिलो पटक सिआम मेशिनको सहायताले सफल शल्याक्रिया गराएको दाबी गरेको छ । शल्याक्रिया गर्नु पर्ने हाडजोर्नी सम्बन्धीका विरामीहरुले राजधानीका अस्पताल धाउनु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ ।

    लामो समयदेखि नुवाकोट अस्पतालको नामबाट सेवा प्रवाह गर्दै आएको अस्पतालले केही महिना अघिदेखि ढुंगेहाइटमा रहेको नयाँ भवनबाट स्टार नुवाकोट अस्पतालको नाममा सेवा प्रवाह गर्न थालेको छ ।

    जिल्लामै विशेषज्ञ चिकित्सकहरुबाट धेरै सेवा प्रवाह गर्नमा अस्पताल लागि परेको अस्पतालका सञ्चालक राजु अमात्यले बताउनुभयो ।

    #समाचार

    फेसबुक प्रतिक्रिया