शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नेगी स्थित पल्साङढुङ्गाको सुरक्षित व्यवस्थापनको लागि प्रक्रिया सुरु

    समिकरण न्युज २०७७, १४ भाद्र आईतवार २०:०१ पढ्न लाग्ने समय 2 मिनेट

    नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीको नेगी स्थित पल्साङ ढुङ्गाको सुरक्षित व्यवस्थापनको लागि प्रक्रिया अघि बढाइएको छ ।
    विसं २०७२ साल बैसाख १२ को भूकम्पको कारण डगमगिएको उक्त ढुङ्गाले वर्षातको कारण जमिन छोड्न थाले पछि सम्भावित जोखिमलाइ मध्यनजर गर्दै गाउपालिका ढुङ्गा व्यवस्थापन तर्फ लागेको हो । ढुङ्गा व्यवस्थापन गर्दा नेगीका ३५ घर प्रत्यक्ष रुपमा जोखिममा पर्ने भएकोले जिल्ला विपद व्यवस्थापन समिति मार्फत आइतबार टेन्ट प्रदान गरिएको छ ।
    संघिय सांसद हितबहादुर तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, दुप्चेश्वर गाउँपलिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङ, उपाध्यक्ष अन्जु आचार्य, वडा नम्वर १ का वडा अध्यक्ष सुनबहादुर तामाङ, इलाका प्रशासन कार्यलय सातबिसेका प्रमुख दयाराम पौडेल लगायतको टोलि नेगीमा नै पुगेर टेन्ट उपलब्ध गराएको हो । आइतबार २८ घर परिवारलाई टेन्ट उपलब्ध गराइएको र बाँकी ७ परिवारको लागि लगिएको टेन्ट वडा कार्यालय मार्फत प्रदान गरिने गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङले बताउनुभएको छ । उहाँको अनुसार तीन दिन भित्रमा जोखिममा परेका परिवारलाई अस्थाइ बसोवासको प्रबन्ध मिलाइसक्न गाउँपालिकाले आग्रह गरेकोको छ ।
    यस्तै जोखिममा परेका घरभित्र रहेको अन्नपात तथा पशुपन्छीको पनि व्यवस्थापन गरिसक्न गाउँपालिकाका अध्यक्ष तामाङले आग्रह गर्नुभएको छ । सामुहिक रुपमा अस्थाई वसोवासको प्रवन्ध जोखिममा परेका परिवारले मिलाएमा गाउँपालिकाबाटै बिजुली बत्ति, खानेपानी र सौचालयको व्यवस्था गरिदिने समेत गाउँपालिकाका अध्यक्ष तामाङले बताउनुभएको छ ।
    उक्त ढुङ्गालाई समयमा नै व्यवस्थापन गर्न नसके धनजनको ठूलो क्षती व्यहोर्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाले केही दिन अघि नै जिल्ला विपद व्यवस्थापन समितिलाई ढुङ्गाको व्यवस्थापनको लागि पत्राचार गरिसकेको छ । उक्त ढुङ्गा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जिल्ला विपद व्यवस्थापन समितिको निर्णय आउन बाँकी रहेको गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्यले बताउनुभएको छ । उक्त ढुङ्गाबाट प्रभावित भएकाहरुले अस्थाई बसोवासको लागि प्रयोग गर्ने जग्गाको अर्मल सम्वन्धीत जग्गाा धनीलाई गाउँपालिकाले तिरिदिने निर्णय गाउँपालिकाले गरिसकेको उपाध्यक्ष आचार्यले बताउनुभएको छ ।
    ढुङ्गा फुटाउदा सबैभन्दा वढी २८ घर जोखिममा पर्ने उपाध्यक्ष आचार्यको भनाई छ । ढुङ्गा फुटाउदा तादी खोला आसपास रहेका रामती, समुन्द्राटार, भ्याङ्ले लगायतका वस्तिमा समेत जोखिम निम्तिन सक्ने उपाध्यक्ष आचार्यले बताउनुभएको छ । आचार्यको अनुसार नेगीका बस्ति स्थानान्तरणको लागि राष्ट्रिय पूननिर्माण प्राधिकरणलाई समेत आग्रह गरिसकिएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया