नुवाकोट । लिखु गापा ५ की १४ वर्षिया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा पीडित बालिकाका ४५ वर्षिय सहोदर काकालाई प्रहरीले पक्राउ गरेको छ ।
आरोपितले भदौ १४ गते बालिकाले लुगा धोइरहेको स्थानमा गई पछाडीबाट संवेदनशील अंगमा समाई लुगा खोल्ने प्रयास गरी बलात्कार गर्न खोजेको आरोपमा गिरफ्तार गरी अनुषन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । आरोपितले लुगा खोल्ने प्रयास गर्नेक्रममा पीडित बालिका आरोपितको पञ्जाबाट उम्किन सफल भएको प्रहरीले जनाएको छ ।
भदौ १५ गते नै आरोपितविरुद्ध पीडित पक्षले करणी सम्बन्धी कसुर( जबर्जस्ती करण उद्योग) मा कारवाहीको माग गर्दै उजुरी दर्ता गराएको छ ।
जिल्ला अदालतले घटनाको आवश्यक अनुषन्धानको लागि ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरीले जनाएको छ ।