बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • सोह्र श्राद्ध सुरु

    समिकरण न्युज २०७७, १७ भाद्र बुधबार ०८:५८ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध वुधबारदेखि सुरु भएको छ ।
    सोह्र श्राद्धमा दवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा रहेको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान मार्फत सम्झना गरिने भएकोले यस पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको छ ।
    पितृ पक्षको पहिलो दिन आज (वुधबार) प्रतिपदा तिथि श्राद्ध गरिदैछ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता समेत रहेको छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको सन्तानको दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभएको छ ।
    अघिल्ला वर्षहरुमा नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी, गोकर्णेश्वर उत्तरगया लगायत तीर्थस्थलमा पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेको थियो । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष त्यस तीर्थस्थलहरुमा श्रदालुको न्यून सहभागिता हुने सम्भावना रहेको छ ।

    #समाचार

    फेसबुक प्रतिक्रिया