बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • “पालिकाको आन्तरिक आम्दानीको स्रोत हरेक वर्ष वृद्धि भएको छ”

    समिकरण न्युज २०७७, १७ भाद्र बुधबार ११:४६ पढ्न लाग्ने समय 4 मिनेट

    प्रमुख प्रशासकीय अधिकृत भएर स्थानीय सरकार सञ्चालन गर्दाका सहज र असहज पक्षहरु के के हुन् ?
    – संघीयताको कार्यान्वयन गर्ने अभिप्रायले गठित स्थानीय सरकारको आगमन पश्चात कर्मचारीतन्त्रमा रहेको अविभावक विहिन अवस्थाको अन्त्य संगै नीति नियम निर्माण, निर्णय प्रकृयामा सहजता वढ्दै जाँदा स्थानीय सरकारले तय गरेको नीति तथा कार्यक्रम र योजना कार्यान्वयनमा सहजता हुँदै गयो । तथापी स्थानीय सरकारको स्वरुप केन्द्रिय स्तरमा रहेका व्यवस्थापिका , कार्यपालिका र न्यायपालिका ३ वटै अंगहरु मिसिएर वनेको हुँदा र एकैपटक सम्पूर्ण कुराको ज्ञान पाइनसक्दा दक्ष जनशक्तिको अभाव हुँदा कतिपय कार्यक्रमहरु फ्रिज गराउनु पर्ने असहजता भोग्ने अवस्था रह्यो ।

    गाउँपालिकाको समस्या, चुनौती र अवसरहरु के के हुन् ?
    – भर्खरै हुर्कदै गरेको स्थानीय तह भएको कारण पूर्वधारको क्षेत्रमा आशातित प्रगति गर्ने दवाव हाम्रासामु छ तर सोचेजती स्रोतको प्रवाह माथिल्लो निकायवाट हुन नसक्दा आर्थिक समस्या विद्यामान छ । सडक, खानेपानी, विद्युतिय पूर्वधार, कृषि, शिक्षा लगायतका क्षेत्रहरुमा समस्या धेरै छन । तथापी माथि उल्लृेखित क्षेत्रहरुमा प्रवाह हुने आर्थिक श्रोतको व्यवस्था गर्दै भौतिक र मानवीय विकास मार्फत नागरिकका असिमित आकांक्षा पुरा गर्ने कुरा चुनौतिपूर्ण छ । तर यिनै समस्या र चुनौतीहरुको सहज सामना गरि स्थानीय सरकार प्रतिको नागरिक विश्वास अभिवृद्धि गर्दे लैजाने अवसर हाम्रो सामु छ र हामी त्यहि मार्गमा अघि बढ्दै पनि छौं ।

    गाउँपालिकामा बेरुजु रकम धेरै देखिएको छ । उक्त बेरुजु के कस्तो हो ? बेरुजु कम गर्ने उपायहरु केही छन् कि ?
    –बेरुजुको कुरा गर्दा २ प्रकारका बेरुजु हुन्छन् , सैद्धान्तिक र असुल गर्नुपर्ने । यतिबेला गाउँपालिकामा धेरै रकम देखिनुमा करिव ८० % बेरुजुको हिस्सा सैद्धान्तिक बेरुजु छन जुन नियमित गर्दा हट्ने बेरुजु हुन जस्को उदाहरण स्वरुप चालु प्रकृतिवाट लेख्नु पर्ने खर्च पूँजीगतवाट लेख्नु पर्ने खर्च चालुबाट लेख्दा आउने बेरुजु क्रमिक रुपमा स्थानीय तहहरु परिपक्व बन्दै जाँदा वेरुजुको हिस्सा कम हुँदै जाने कुरामा विश्वस्त रहन सकिन्छ ।

    गाउँपालिकाले जनप्रतिनिधी पाएको तीन वर्ष पुरा भएको छ । यो तीन वर्षमा तपाई कार्यरत पालिकामा के के विकास निर्माण काम भए ?
    –स्थानीय सरकार पश्चात हामीले गाउँसभा मार्फत ४ वटा बजेट सार्वजनिक ग¥यौं । शुरुको आर्थिक वर्षमा बजेट केही छरिएको जस्तो भएता पनि पछिल्लो ३ वटा बजेटले केही ठूला योजनाहरु समेट्न सफल भयो । फलस्वरुप छहरे देखि घलेभञ्ज्याजाङ सम्मको करिव १५ कि.मि सडक हामीले वाह्रै महिना चल्न सक्ने गरि स्तरोन्नती ग¥यौं । गाउँपालिकाको आफ्नै अस्थायी भवन निर्माण, २ वटा भुमिगत पानीको श्रोत मार्फत खानेपानीको व्यवस्थापन, ३ वटा ठूला खानेपानी योजना सम्पन्न, प्रत्येक वडामा कम्तिमा एउटा सडक ग्राभेलिङ गर्ने कार्यको थालनी , पाहुना घर , प्रशिक्षण् केन्द्र स्थापना लगायत कृषि, पशु, स्वास्थ्य , शिक्षा लगायतका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न सफलता प्राप्त भएको छ ।

    चालु आवका प्रमुख योजना र बजेट के कति छ ? कुन कुन क्षेत्रहरु प्राथमिकतामा परेका छन् ?
    – आ.व. २०७७÷०७८ को लागि पञ्चकन्या गाउँपालिकाको गाउँसभाले कुल ४० करोड ९३ लाख ५५ हजारको वजेट प्रक्ष्यपण ग¥यो । जसमा विशेष गरि केहि ठूला योजनाहरु सहित कोभिड–१९ कोरोना भाईरसवाट सबैभन्दा प्रभावित कृषि, पशु, शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रलाई विशेष प्राथमिकता प्रदान गरि कार्यक्रम तय गरिएको छ । ३ वटा ठूला सडकहरुको लागि २÷२ करोड रुपैयाँ गाउँपालिकाको पक्कि भवन निर्माण सुचारुको लागि १ करोड, कृषि तर्फ कृषि एम्बुलेन्स सेवा संचालन, भुभि बैंक स्थापना, कृषकलाई सहुलियत ऋण उपलब्धता, कारोबारमा आधारित अनुदान, कृषकको ग्राहक स्थानीय सरकार, बेरोजगारलाई माटो उपहार जस्ता कार्यक्रमको लागि ८७ लाख वित्तिय समानीकरणवाट विनियोजन गरेका छौं । झुलुङ्गे पुल निर्माण, प्रिफेव गोदाम घर निर्माण , कोरोना नियन्त्रण कोष अन्य ठूला बजेट भएका योजनाहरु हुन् ।

    तपाई पालिका स्थापना भएदेखि नै कार्यरत हुनुहुन्छ । पञ्चकन्या गापाले गरेको उत्कृष्ट कामहरु कुन र कस्ता रहेका छन् ?
    – म पञ्चकन्या गाउँपालिकामा २०७३ साल चैत २६ गते निरन्तर सेवा प्रवाहमा रहि रहँदा पूर्वधार विकासका अलावा यस गाउँपालिकाले आ.व. ०७५÷०७६ देखि शिक्षा क्षेत्रमा रहेको निजि शिक्षकहरु व्यवस्थापनका लागि “स्वयं सेवक शिक्षक” कार्यक्रम शुरु ग¥यौं र सो कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, शिक्षिकाहरुको मासिक तलववाट १ प्रतिशत रकम कट्टा गरि सोही बराबरको रकम गाउँपालिकाले थप गरि “शिक्षा स्वास्थ्य प्रवद्र्धन कोषको” स्थापना ग¥यौं । कोभिड–१९ को प्रभावका कारण हुनसक्ने खाद्यान्न अभावलाई पूर्ति गर्न आफ्नै “खाद्य बैंक” स्थापना माथि उल्लेखित कृषि सम्बन्धित अलि फरक खालका कार्यक्रम सञ्चालन ग¥यौं र यतिबेला हामी “किसान कल सेन्टर” संचालनका लागि तयारी गरिरहेका छौं । यसको अलावा राज्यका ऐन, नियम, कार्यविधि, मापदण्डहरुले तोकेका नियमित कार्यहरु विकासका अन्य गतिविधिहरु नियिमित रुपमा अघि बढिरहेका छन् ।

    बजेट संघ र प्रदेशमा बढी निर्भर देखिन्छ । आन्तरिक आम्दानीका स्रोतहरु कम भएर हो ? वा स्रोत विस्तार गर्न असफल हुनु भएको हो ?
    – स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाईएता पनि ठूला ठूला राजस्व र करप्राप्त हुने क्षेत्रहरु स्थानीय सरकारलाई हस्तान्तरण नभई श्रम र प्रदेशकै अधिकार क्षेत्रभित्र पर्दा वजेटका लागि माथिल्ला सरकारहरुमा निर्भरता रहने कुरा कुनै ठुलो विषय मान्नुहुन्न । जाहाँ सम्म आन्तरिक आम्दानीका श्रोतको विषय छ त्यो कम थियो तर क्रमिक रुपमा त्यसको विस्तार हुँदै गएको छ । स्थानीय सरकार स्थापनाको शुरुको वर्षमा हाम्रो गाउँपालिकाको आन्तरिक आम्दानी करिव ५ लाख मात्र रहेकोमा गत आ.व. ०७६÷०७७ मा हामीले आन्तरिक आम्दानी स्वरुप रु १ करोड २६ लाख जम्मा गर्न सक्यौं । अब यसलाई सफलता वा असफलता के मान्ने ? तथ्य साक्षी छ । आन्तरिक आम्दानीको श्रोत विस्तारमा हामी सचेत छौं जसका लागि करका क्षेत्रको विस्तारमा लागेका छौं । आगामी २ वर्षभित्र यो आम्दानी २ गुणासम्म पु¥याउनेमा हामी विश्वस्त छौं ।

    जनप्रतिनिधिसँग कार्यसम्पादन गर्न निकै सकस छ भनिन्छ । तपाईको अनुभव ?
    – जताततै उठ्ने प्रश्न तर मेरो र पञ्चकन्या गाउँपालिकाको सवालमा नभएको विषय हो यो । विगत ३ वर्ष भन्दा बढीको सहयात्रामा मेरो र जनप्रतिनिधिहरुको विचमा काम गर्ने सवालमा कहिल्यै विवाद रहेन । हामी सवैको एउटा साझा संकल्प छ, गर्नपर्ने काम जसरी भएपनि गर्नै, नगरे पनि हुने काम किन गर्ने ? यहि साझा भद्र सहमतिले हाम्रो विचमा एकता कायम भएको छ । राजनीति प्रतिको प्रशासनीक र प्रशासनप्रतिको राजनैतिक तटतस्था कायम राख्ने हो भने कर्मचारी र जनप्रतिनिधिहरु कार्य सम्पादन गर्न एक अर्काका वाधक कहिल्यै रहँदैनन् । कर्मचारी पारदर्शी हुन नखोज्ने र जनप्रतिनिधि कानुनका व्यवस्थालाई लात हानेर अगाडी बढ्न खोज्ने ठाउँमा दुबैको इच्छा पुरा नहुँदा कार्यसम्पादन सकस पैदा भएको हुन सक्छ तर यसलाई सकसको रुपमा नबुझी एउटा सामान्य प्रशासनिक प्रकृयाको रुपमा लिनुपर्छ भन्ने मेरो धारणा हो ।

    कोरोना संक्रमण नियन्त्रणको लागि के कस्ता कामहरु भएका छन् ? अहिलेसम्म कति खर्च भएको छ ? राहत वितरणबाट के कति लाभान्वित भए ?
    –विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड – १९ कोरोना भाईरसको संक्रमण रोकथामको लागि सभ्भवत ः सबैभन्दा पहिले हेल्थ डेस्क संचालन गर्ने गाउँपालिका हामीनै हौं । क्रमश क्वारेन्टाइन निर्माण , राहत वितरण , पि.पि.ई व्यवस्थापन, खाद्य बैंक स्थापना, कृषकको लागि धानको विउ वितरण, २ वटा एम्वुलेन्स मार्फत सेवा प्रवाह जस्ता कार्यहरु प्रमुख रहे कोरोना नियन्त्रणको प्रयास स्वरुप । यस शिर्षकमा भएको खर्चलाई केहि दिनमै सार्वजनिक गर्ने गरि कार्यपालिकावाट निर्णय भैसकेको हुँदा हामी केहि समयमै यसको सार्वजनिक गर्ने तयारीमा छौं । राहत वितरणको सन्दर्भमा हामीले असंगठित क्षेत्रमा काम गर्ने करिव ७०० घरधुरीका १७०० जनालाई गाउँपालिकाभित्रै र बाहिरका ९४ घर परिवारका तेज बहादुर तामाङ स्वयम् उपस्थित भई दैनिक उपभोग्य सामाग्री वितरण गर्नुभयो ।
    त्रिशूलीखबरबाट

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया