नुवाकोट । मदानपुरको बाराहीमा १० दिनअघि जेसिबी मेशिनमा आगो लगाइ क्षति पु¥याएको घटनामा संलग्न अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बेलकोटगढी नपा ३ का ३२ वर्षिय चन्द्रबहादुर तामाङलाई जेसिवी मेशिनमा आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मंगलबार अदालतले तामाङलाई अनुषन्धानको लागि दुई दिन थुनामा राख्न आदेश दिएको छ।
भदौ ६ गते राती बेलकोटगढी नपा १३ बाराहीमा सडकछेउमा पार्किङ गरि राखिएको बा २ क २२६० नम्बरको राजेन्द्र तामाङको जेसिबी मेशिनमा लागो लगाएर क्षति पु¥याएको थियो । घटनास्थलमा प्रतिबन्धित नेकपाको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ ।
सोही आगलागी घटनामा संलग्न भएको आरोपमा भदौ ७ गते प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता मदानपुरकै ४८ वर्षिय राजाराम पाण्डेलाई पक्राउ गरिसकेको छ ।