शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • एक बालिका सहित ४ जनामा कोरोना भाइरस सङ्क्रमण

    समिकरण न्युज २०७७, १८ भाद्र बिहीबार १८:३० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा एक बालिका सहित ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    विहिवार तादी गाउँपालिकाकी १ बालिका, शिवपुरी गाउँपालिकाका २८ र ६९ वर्षीय पुरुष र विदुर नगरपालिकाको ३२ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । ती चारै जना सङ्क्रमित विरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौँमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
    विहिवार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका ४ सहित जिल्लामा सङ्क्रमितको सङ्ख्या ९७ पुगेको छ । ती मध्ये ७५ पुरुष र २२ महिला रहेका छन् । हालसम्म १५ महिला र ६१ पुरुष गरी ७६ जना सङ्क्रमित उपचार प्रश्चात अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् ।
    जिल्लाबाट पिसिआर परिक्षणको लागि ८ सय ५९ महिला र २ हजार ७ सय ६९ पुरुष गरी ३ हजार ७४ जनाको जनाको स्वाव सङ्कलन गरि पठाइएकोमा ५ सय ५४ को नतिजा प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया