बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • दश वर्षअघिको मूल्यमा गिटी बालुवा उपलब्ध गराउँदै क्रसर उद्योग

    समिकरण न्युज २०७७, २१ भाद्र आईतवार १५:२७ पढ्न लाग्ने समय 3 मिनेट

    नुवाकोट । जिल्लामा विकास निर्माणका कामहरु र निजी आवास निर्माणको लागि सहज रुपमा निर्माण सामग्री उपलब्ध गराउँदै आएको वर्डस्टोन क्रसर उद्योगले जनाएका छ । पछिल्लो समय क्रसरउद्योग सम्बन्धमा आइरहेका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उद्योगले सम्पूर्ण कानूनी प्रक्रियाहरु पुरा गरेर सञ्चालन भइरहेको उद्योगका अध्यक्ष विनोदराज श्रेष्ठले जानकारी दिए ।

    उद्योगले १० वर्षअघिको मूल्यमा आफ्ना उत्पादनहरु उपलब्ध गराएर जिल्लाबासीलाई बाहिर जिल्लाबाट ल्याउनु पर्ने बाध्यताको अन्त्य गराएको जनाएको छ ।

    विदुर नगरपालिका वडा नं. ५ गंगटेमा रहेको उद्योगले बाहिर जिल्लाबाट निर्माण सामग्री ल्याउँदा प्रतिसेफ्टी एक सय रुपियाँभन्दा बढी पर्ने समयमा भूकम्प पीडितको लागि सहुलियतमा वडा कार्यालयका सिफारिसमा प्रति सेफ्टी ४० रुपियाँमा उपलब्ध गराएर उपभोक्तालाई सहज बनाएको जनाएको छ । सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरेर सञ्चालनमा रहेको उद्योगले व्यवसाय सञ्चालनबाट विदुर नगरपालिका, सरकारका अन्य निकायहरुमा कर तिरिरहेको र सामाजिक उत्तरदायित्वको कामहरु गर्दै आएको जनाएको छ ।
    उद्योगले नगरपालिकाको समन्वयमा अहिले पनि सहुलियत दरमा नै उत्पादनहरु बिक्री गरिरहेको, उपभोक्तालाई सुलभ मुल्यमा सामग्री पाएको र सरकारको राजश्वमा पनि योगदान दिइरहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

    उद्योगमा जनप्रतिनिधीहरुको संलग्नता रहेको भन्ने आरोप निराधार भएको उल्लेख गरिएको छ । स्थानीय तह निर्वाचन अघि नै पुनः सञ्चालनमा आएको उद्योगमा कोही पनि जनप्रतिनिधीहरुको लगानी नरहेको स्पष्ट पारेको छ ।

    उद्योगले सार्वजनिक गरेको विवरण।

    उद्योगका अध्यक्ष विनोदराज श्रेष्ठको भनाई ।

    बिगतको केही दिन देखि सामाजिक संजाल र स्थानिय को नाममा भएको उजुरी संबन्धमा यस बर्ड स्टोन क्रसर को अध्यक्षको हैसियत ले केही कुरा स्पस्ट गर्न चाहन्छु !यो क्रसर 2050 साल तिर दर्ता भएर केही समय बन्द भै पुनः संचालन मा आएको हो , एउटै वडामा स्थानान्तरण गर्दा कुनै निकायमा जानकारी गराउन पर्ने जरुरी छैन तेस्तो कुनै नियम छ जस्तो लाग्दैन यदि स्थानान्तरण को अनुमती लिनै पर्ने भएपनी तेसैको कारण ले बैध वा अबैध नहुन पर्ने हो । जहाँ सम्म वरिपरिको जग्गावालाहरु को सरोकार छ ,क्रसर रहेको स्थानको करिब 80-90% जग्गा हामी स्वंयले नै भाडामा लिएका छौ !हाम्रो क्रसरले बिदुर नगर पालिका लाई उत्खनन कर( सामान स्टक मा भएको ) नगरपालिका कै निर्णय अनुरुप 54 लाख 25 हजार कर बुझाएका छौ , हाम्रै क्रसरले बालुवा रोडा बापत को कर ( ठेक्का मार्फत) करिब 3 करोड कर पनि बुझाएका छौं , गत बर्ष मात्र करिब 45 लाख VAT बुझाएको छौ र 14 लाख करिब अग्रिम आयकर बुझाएका छौ , 30 जना प्रतक्ष र करिब 50 जनालाई अप्रत्यक्ष रोजगारी दिएका छौ , करिब 50 लाख रुपैया बैकलाई ब्याज बुझाएका छौ ,क्रसर रहेको स्थानको करिब 500 रोपनि बगर को खेती अयोग्य जग्गालाई हामी ले बार्षिक भाडा बुझाई रहेको छौ !गंगटे माझिटार खाने पानी लाई निशुल्क बत्ती उपलब्ध गराएका छौ , विभिन्न स्कुलमा करिब 20 जना बिध्यार्थिलाई छात्रबृती प्रदान गरेका छौ ,मरण पाटी ,मन्दिर सार्बजनिक बाटो संघ संस्था ,क्लब हरुलाई कसैलाई छुट मा र कसैलाई निशुल्क गिट्टी बालुवा उपलब्ध गराएका छौ ,पहिलो पटक होला राज्यमा नगरपालिका ले उध्योग को उत्पाद्न को बिक्रि मूल्य तोकेको ,त्यै पनि हामिले मानेका नै छौ !अरु सामाजिक उत्तर दायित्व पनि निर्बाह गरि नै रहेको छौ , हामी आफैले कृषि ब्यबसाय तिर पनि अग्रसर भएर लागि रहेको छौ ,अरु के गर्दा चै हामी तस्कर भयौ ? ब्यबसाय गरेर खान को लागि कस्को र कुन ब्यक्ति रिझाउन पर्ने हो ? र किन ? के हाम्रो क्रसर स्थापना पछि मात्र ढुंगा बालुवा उत्खनन गर्न थालेको हो त ?ढुंगा बालुवा जस्ता प्राकृतिक श्रोत को बिकल्प के हो त ?हाम्रो ब्यबसायमा संचालक नरहेका रमेश मह्त ज्यु , कुनै पनि ब्यक्तिगत फाइदा नलिएको मेयर साब हरु को चरित्र हत्याको प्रयास किन ? र को बाट संचालित गुट हुन ?प्राकृतिक श्रोत साधन प्रयोग गर्ने ,सिमेन्ट उध्योग , हाइड्रो पावर ,इंटा उध्योग , ह्युम पाइप ,सिमेन्ट ब्लक ,काठ का स मिल हरु ,फलाम का उध्योग हरु , विभिन्न निर्माण कम्पनी हरु सबै नै अबैध तस्कर नै हो त ? हैन भने क्रसरलाई मात्र रिस किन ? हो हामी कसैलाई ब्यक्तिगत फाइदा दिन तयार चै छैनौ यहि हो त हाम्रो गल्ती कमजोरी ?हैन भने राज्यले लगाएको सम्पुर्ण नियम कानुन हामी मान्दै आएका छौ भबिस्यमा पनि मान्ने नै छौ !

    बिनोद राज श्रेष्ठ,अध्यक्ष

    बर्ड स्टोन क्रसर उध्योग प्राली

    #अर्थ

    फेसबुक प्रतिक्रिया