
नुवाकोट । दुप्चेश्वर गाउपालिका वडा नम्बर १ घ्याङ्फेदी स्थित सिसिपुमा पहिरो गएको छ ।
मंगलबार बिहान अबिरल वर्षाको कारण गएको पहिरोले स्थानियहरुको गोठ पुरिदा ५ वटा भैंसी समेत मरेको वडा अध्यक्ष सुनबहादुर तामाङले जानकारी दिनुभएको छ । सिसिपुमा उद्दारको लागि प्रहरी र गाउँपालिकाको टिम जाँदै गरेको उहाँले बताउनु भएको छ ।
पहिरोले क्षति पुराएको विवरण आउन भने बाँकी रहेको छ ।