बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • परम्परागत शिक्षा सम्भव छैन भन्ने पाठ कोरोनाले सिकाएको छ— शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पोखरेल

    समिकरण न्युज २०७७, २३ भाद्र मंगलवार १४:३४ पढ्न लाग्ने समय 2 मिनेट

    नुवाकोट । परम्परागत पद्धतीको आधारमा शिक्षा सम्भव छैन भन्ने पाठ कोरोना भाइरसले सिकाएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बताउनुभएको छ ।
    अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रुम टु रिड र रुडेक नेपालद्धारा आयोजित नेपालय अनलाइन वक्तृत्वकला प्रतियोगितालाई संवोधन गर्नुहुदै मन्त्री पोखरेलले कोरोना भाइरसको कारण विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था नरहेकोले आधुनिक पद्धतिबाट शैक्षिक क्रियाकलापलाई अघि बढाउनुपर्ने बताउनुभएको छ । भौतिक दुरी कायम गर्दै आफू बचौँ र अरुलाई पनि बचाऔँ भनेर कोरोना भाइरस परास्थ गर्नलाई लागि परेको अवस्थामा बैकल्पिक र दुर शिक्षालाई मूल रुपमा अवलम्बन गर्नु अहिलेको आवस्यकता रहेको उहाँले बताउनुभएको छ । बैकल्पिक र दुर शिक्षालाइ प्रभावकारी रुपमा सञ्चालन गर्न तीन तहको सरकारको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री पोखरेलले स्थानीय तहलाई कार्य योजना बनाएर अघि बढ्न समेत आग्रह गर्नुभएको छ ।
    “विश्व स्वास्थ्य संगठनले कम्तिमा पनि कोरोना भाइरसको महामारी साम्य हुन कम्तीमा २ वर्ष लाग्छ भनेको छ । कोभिडले परम्परागत शिक्षा सम्भव छैन भन्ने पाठ सिकाएको छ । यसको कारण स्कुल बलेज बन्द भएको छ तर शिक्षा बन्द भएको छैन,” मन्त्री पोखरेलले भन्नुभयो, “वैकल्पिक तथा दुर शिक्षा विधि अपनाएर एउटा पनि विद्यार्थीलाई नछोडीकन उनीहरुको शैक्षिक क्षतीलाई कम गर्दै उनीहरुको शैक्षिक सत्रलाई सुनिश्चित गर्नुपर्दछ । जसको लागि ४ वटा पद्धतिलाई मूलभूत रुपमा प्रयोग गर्नुपर्दछ । पाठ्यपुस्कत र शैक्षिक सामाग्री एउटा हो । यसलाई सबैको लागि राज्यले प्रत्याभूत गरेको छ । त्यस पछि रेडियो अर्को माध्यम हो । ८० प्रतिसत नागरिकको पहुचमा रेडियो पर्दछ । तेश्रो भनेको टेलिभिजन र केवल हो । यो ठाउँ र परिस्थिति अनुसार भिन्नभिन्न रुपमा प्रयोगमा आउछ । चौथो भनेको अनलाइन हो । यो शहर बजारमा अलि बढि प्रयोगमा आउछ । कुन पद्धति विद्यार्थीको लागि उत्तम छ त्यो पद्धतिको खोजी गरिनुपर्छ ।”
    संकटको समयमा शिक्षाको अधिकार प्रत्याभूत गराउन सरकारले कदम चालिरहेको उहाँको भनाई छ । पहिले रोग विरुद्ध आधारित भएको सरकार पछि भोकलाई आधार मानेर अघि बढेको भन्दै मन्त्री पोखरेलले अहिले शिक्षामा केन्द्रित भएको बताउनुभएको छ । “भूकम्पको समयमा बैकल्पिक विधिबाट पठनपाठनको क्रियाकलापलाई अघि बढाउन सकेको भए अहिलेको यो समयमा सहज हुने थियो तर अहिले प्रणाली बनाउदै विद्यार्थीको सिकाईलाई प्राथमिकता दिनु छ,” मन्त्री पोखरेलले भन्नुभयो, “कोरोनाले जीवनको सबै क्षेत्रमा प्रविधिमैत्री बनाउन पर्छ भन्ने पाठ सिकाएको छ । यसो गरियो भने शिक्षालाई भविष्यमा प्रविधिको परिपुरकको रुपमा जोड्न सहज हुन्छ ।”
    शिक्षामा प्रविधि जोडिता शुसासन कायम गराउन समेत सहयोग पुग्ने अपेक्षा गरेको उहाँको भनाई छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया