बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • ५४औँ अन्तराष्ट्रिय साक्षरता दिवस– पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा कल्याणीदेवीका दाहाल प्रथम

    समिकरण न्युज २०७७, २४ भाद्र बुधबार १२:०५ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । मंगलवार ५४औँ अन्तराष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
    दिवसको अवसरमा रुम टु रिडको प्राविधिक सहयोगमा रुडेक नेपालले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, संघिय सांसद हितबहादुर तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई सहभागि गराएर जुम मार्फत वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ ।
    ‘बैकल्पिक शिक्षा सिकाईमा स्थानीय सरकारको भूमिका’ विषयक शिर्षकमा आयोजित प्रतियोगितामा एक पालिकाबाट एक विद्यार्थीको सहभागिता रहेको थियो सहभागी मध्येवाट वेलकोटगढी नगररपालिका स्थित जिलिङमा रहेको कल्याणीदेवी माध्यामिक विद्यालयका अनिल दाहाल प्रथम स्थान हासिल गर्न सफल भएका छन् । यस्तै लिखु गाउँपालिका स्थिति खानीगाउँमा रहेको नारायणीदेवी माध्यामिक विद्यालयका दिवस ढकाल दोश्रो र विदुर नगरपालिका स्थित खड्कभञ्ज्याङमा रहेको रणभूवनेश्वरी माध्यामिक विद्यालयका शैलेन्द्र रिमाल तेश्रो भएका छन् ।
    स्थानीय तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई अन्तरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागि गराइएको रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले बताउनुभएको छ । बन्दा बन्दीको समयमा पनि बालबालिकाको पठन सिपको विकास गराउन निरन्तर प्रयासरत रहेको रुडेक नेपालले विद्यालय जाने उमेरका बालबालिकामा मानसिक समस्या नदेखियोस् भन्नको लागि अनलाइनबाटै विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको केसीले बताउनुभएको छ । केसीको अनुसार अन्तरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागि भई पहिलो भएकालाई ल्यापटप र प्रमाणपत्र, दोश्रो भएकालाई ट्याब्लेट र प्रमाण पत्र अनि तेश्रोलाई एन्ड्रोइड मोवाइल र प्रमाणपत्र कोरोनाको कारण असहज भएको वातावरण सहज भए पछि प्रदान गरिने छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया