विदुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नुवाकोटका स्थानीय तहमा गठित कमिटिहरुलाई चरणवद्ध रुपमा सपथ ग्रहण गराउदै आएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको सपथ ग्रहण कार्यक्रमलाई केही दिन अघिदेखि सुचारु गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनाएको छ । शनिवार ९० सदस्यीय विदुर नगर कमिटिलाई सपथ ग्रहण गराइएको प्रदेश सांसद समेत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिनुभएको छ ।
सपथ ग्रहण कार्यक्रमलाई संवोधन गर्नुहुदै नेकपा वागमती प्रदेशका सहईन्चार्ज एवं संघिय सांसद हितबाहदुर तामाङले वडादेखि केन्द्र सम्म नेकपा बलियो रहेकोले त्यसको शाख जोगाइराख्न सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । साथै उहाँले पूर्व माओवादी र पूर्व एमाले भनेर टिकाटिप्पणी गर्न नहुने समेत बताउनुभएको छ ।
यस्तै नेकपा जिल्ला सचिव एवं संघिय सांसद नारायणप्रसाद खतिवडाले कोरोना भाइरसको कारण पार्टीले देखिने गरि राजनैतिक तथा सामाजिक गतिविधि गर्न नपाए पनि अव भने सुरक्षाका साबधानीहरु अपनाएर अघि बढ्ने बताउनुभएको छ ।