बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • पञ्चकन्यामा “सामुदायिक संरचना तथा जिविकोपार्जन पुर्नस्थापना कार्यक्रम” सुरु

    समिकरण न्युज २०७७, २८ भाद्र आईतवार १७:०६ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । पञ्चकन्या गाउँपालिकामा बेरोजगार भई बसेका युवाहरुलाई समेट्ने गरी “सामुदायिक संरचना तथा जिविकोपार्जन पुर्नस्थापना कार्यक्रम” सुरु भएको छ ।
    जिल्लामा क्रियासिल सस्था रुडेक नेपालको साझेदारीमा यु.एन्.डि.पि. र पञ्चकन्या गाउँपालिकाको ५०÷५० प्रतिसत लागनीमा उक्त कार्यक्रम सुरु भएको हो । गाउँ पालिका अध्यक्ष तेजबहादुर तामाङ र स्थानीय साझेदार संस्था रूडेक नेपालको अध्यक्ष मिनकुमार केसीले आइतवार साझेदारी पत्रमा हस्ताक्षर गरे पश्चात उक्त कार्यक्रम सुरु भएको हो ।
    चार महिनामा कार्यान्वयन गर्ने गरि सुरु भएको उक्त कार्यक्रममा गाउँपालिकाको तर्फबाट ६० लाख रुपैयाँ र साझेदार सस्थाबाट ६० लाख रुपैयाँ गरी १ करोड २० लाख रुपैयाँ लगानी रहने रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले गाउँपालिकामा सञ्चालित विकासात्मक योजनाहरुको उपभोक्ता समितिलाई निवेदन दिनुपर्ने केसीले बताउनुभएको छ ।
    “सामुदायिक संरचना तथा जिविकोपार्जन पुर्नस्थापना कार्यक्रम”मा कम्तीमा पनि २ हजार जनालाई सहभागी गराउने लक्ष्य रहेको उहाँले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया