शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • रानीपौवा-चतुराले सडक स्तरउन्नती हुदै

    समिकरण न्युज २०७७, २९ भाद्र सोमबार २१:११ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटलाई राजधानीसँग जोड्ने अर्को छोटो दुरीको सडक स्तरउन्नतीको क्रममा रहेको छ । हाल तीन वटा सडकले नुवाकोटलाई काठमाडौँसँग जोडेको छ । तीन मध्येको सबैभन्दा छोटो सडक गगटे–चतुराले–रानीपौवा–बालाजु सडक खण्ड हो । यो सडक स्तरउन्नती भएपछि साजधानी जानको लागि अर्को सहज सडक उपलव्ध हुनेछ । प्रदेश सरकार र ककनी गाउँपालिकाको संयुक्त लगानीमा उक्त सडकको स्तरउन्नती गर्न लागिएको छ ।
    निर्माणधिन अवस्थामा रहेको रानीपौवा–चतुराले–ढाडफेदी मोटरबाटोलाई चालु आर्थिक वर्ष २०७७÷७८ मा २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
    वागमती प्रदेशबाट १ करोड रुपैयाँ र ककनी गाउँपालिकाबाट १ करोड रुपैयाँ विनियोजन भएको हो । १३ किलोमिटर रहेको उक्त सडकको सर्भेको काम सकिसकेकोलले केही दिनमा नै टेन्डर आह्वान गरिने ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ । उक्त मोटर बाटो स्तरउन्नती गर्दा १५ घरटहराहरु हटाउनुपर्ने भएता पनि गत मंसिर महिनाको १७ गतेको सूचनालाई व्यवस्था गरेकोले गाउँपालिकाले पून उक्त घरटहरा तत्काल हटाउन गाउँपालिकाले सूचना प्रवाह गरेको छ । सडकको केन्द्रबाट दायावाया १०÷१० मिटर छोड्नुपर्ने हुन्छ । उक्त सडकमा पर्ने घरटहरा यथाशिघ्र हटाएर निर्माण कार्यमा सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष लामाले आग्रह गर्नुभएको छ । साथै यथाशिघ्र घरटहरा नहटाएमा प्रहरी प्रशासनद्धारा भत्काइने र उक्त कार्य गर्दा लाग्ने क्षतीपूर्ति सम्वन्धित घरधनीले व्यहोर्नुपर्ने अध्यक्ष लामाले बताउनुभएको छ ।
    “रानीपौवा–चतुराले–ढाडफेदी मोटरबाटोलाई ९ मिटर कटिङ गरि स्तरउन्नती गर्दैछौँ । रानीपौवा–चतुराले–ढाडफेदी मोटरबाटो, रानीपौवा– डाडागाउँ– छापथोक मोटरबाटो र जगरे–मानेखर्क– कालिका स्कुल मोटरबाटोलाई प्रदेश सरकार र पालिकाले बराबर बजेट विनियोजन गरेको छ । हामी टेन्डरको प्रक्रियामा जादैछौँ,” अध्यक्ष लामाले भन्नुभयो, “बैशाख महिना भित्रमा काम सक्ने गरी काम गछौँ । यो सडकको काम मात्र होइन सबै योजनाहरु असार केन्द्रित हुनेछैन ।”
    हाल विनियोजन बजेटबाट सडकको काम नसकिने भए पनि आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिइने गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभएको छ । हाल प्रयोगमा आइरहेको त्रिशुली -पैतिसकिलो -ककनी- बालाजु सडकको दुरीमा यो सडक बनेपछि करिब २० किलोमिटर दुरी छोटिने छ । (त्रिशुली खवर साप्ताहिकबाट)

    #अर्थ

    फेसबुक प्रतिक्रिया