बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • गजल

    समिकरण न्युज २०७७, २९ भाद्र सोमबार २१:४७ पढ्न लाग्ने समय < 1 मिनेट

    न कुनै दुःख हुनुपर्छ मलाई, न त कुनै पिर हुनुपर्छ
    आँसु यसै खसिदिन्छ,अगाडी तिम्रो तस्वीर हुनुपर्छ

    चाहँदैमा कहाँ पाउँछ सबैले, मेरो जस्तो जिन्दगी
    छैटिमा नै भाविले लेखेको, बलियो तक्दिर हुनुपर्छ

    तिमी कुन यात्रामा निस्कियौ, कलम बोकेर एक्लै
    संसार जित्न त शक्तिसङ्गै, हातमा जन्जिर हुनुपर्छ

    भो आशा नगर मिलनको, बाटो नै अलग छ हाम्रो
    एक हुन त यो जुनिमा, सिङ्गो धर्ती नै स्थिर हुनुपर्छ

    अझै नि रहेर निदरीमा,पुगिन्न है शिखर ए मेरो मित्र
    मन वचन त्याग तपस्या,मनमा वेचैनी अधिर हुनुपर्छ ।
    लक्ष्मी श्रेष्ठ
    दुप्चेश्वर नुवाकोट

    #साहित्य

    फेसबुक प्रतिक्रिया